११ भाद्र २०८३, बिहीबार
,
Latest
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेरिन्छ : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिनुभएको छ ।

बुधबार नेकपा प्रचण्ड–माधव पक्षले काठमाडौंमा आयोजना गरेको बिरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले जनताको आक्रोश र पीडालाई नबुझे सिंहदरबार र बालुवाटार घेर्न लाखौँ लाख जनता आउने बताउनुभएको हो । विरोध सभामा पाँच लाख मानिसहरु सहभागी भएको भन्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले जनभावना के छ हेरेर ढिलो नगरी संविधान र लोकतन्त्रको पक्षमा फैसला दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले संविधानको मर्म, भावना र नेपाली जनताको चाहाना विपरितका काम भए दुर्भाग्य हुने समेत बताउनुभयो । बिरोध सभाको उपस्थितिले सर्वोच्च अदालतलाई फैसला गर्न सहज हुने उहाँको भनाई छ ।

अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको बताउनुभएको छ । ७० प्रतिशत केन्द्रीय समिति आफ्नो पक्षमा हुँदा आफुहरु आधिकारिक पार्टी भनि दश दिनभित्रै निर्वाचन आयोगमा भनेको उल्लेख गर्दै उहाँले त्यसलाई हिसाब नगरी केपी ओलीको धम्क्याईलाइ मात्रै हिसाब गरे अयोगको खुट्टी नेपालले देख्ने उहाँको भनाई छ । संवैधानिक निकायमा पुगेका मान्छेहरुले खेलाची ठाने देश र जनताले दुःख पाउने भन्दै अध्यक्ष प्रचण्डले त्यस्तो गल्ती कसैले गर्नु नहुने बताउनुभयो । उहाँले निर्वाचन आयोगलाई खुट्टा नकमाउन आग्रह समेत गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले केपी ओलीतिर लागेका मानिसहरु फर्किन थालेको समेत बताउनुभयो । ओली सरकारका दुईजना मन्त्रि प्रचण्ड–माधव पक्षमा फर्किनका लागि आफुसँग वार्ता गरिरहेको उहाँले दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा राम मन्दिर बनाउने बताएको बताउँदै उहाँले उक्त भुमि रामभुमी भएको ऐतिहासिक र पुरातात्विक रुपमा प्रमाणित गर्न अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफुसँग पचासौँ वर्ष सँगै काम गर्ने नेता कार्यकताहरुलाई अपमान गरेर गल्ती गरेको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीलाई राजिनामा दिन सुझाव पनि दिनुभएको छ । ओलीले भुमी आयोग बनाएर किसानमा भ्रम छरेको टिप्पणी समेत गर्नुभयो । ओलीले नभई सुकुम्बासीहरुलाई आफुहरुले जमिन दिने उहाँको भनाई छ ।

उहाँले ओलीको निरंकुशताको विरुद्ध संयुक्त आन्दोलन गर्न नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ । संयुक्त आन्दोलन गर्ने अवसरका आएको भन्दै अवसर गुम्न नदिन उहाँको आग्रह छ । त्यसनिम्ति हातेमालो गर्न तयार रहेको उहाँको भनाई छ ।

उहाँले छिमेकी देशहरुबाट आफुहरुको पक्षमा सद्भाव चाहेको पनि बताउनुभयो ।