२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको मिसन–२०८४ लाई सफल बनाउन नयाँ सत्तासमिकरण बनाएका हौंः शंकर पोखरेल



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मिसन–२०८४ लाई सफल बनाउनका लागि नयाँ सत्ता समिकरण निर्माण गर्नुपरेको बताउनुभएको छ ।

महासचिव पोखरेलले मिशन २०८४ एमालेले मुलुकको भविष्य निर्माणका लागि लिएको संकल्प भएको उल्लेख गर्दै त्यसबाट बिचलित नहुने अडान समेत राख्नुभयो । शनिवार पोखरामा आयोजित पार्टीको कास्की जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले मिसन २०८४ लाई बलियो बनाउँछ भन्ने मान्यता र विश्वासको जगमा मात्रै नयाँ सत्ता समिकरणको यात्रा शुरु गरिएको पनि स्पष्ट पार्नुभयो ।

महासचिव पोखरेलले यसअघिको सत्तारुढ गठबन्धनले पार्टीमाथि गरेको घेराबन्दी तोडेर नयाँ सहकार्य शुरु भएकाले त्यसले पार्टीको मिशन २०८४ लाई सफल बनाउन आधार तयार पारेको तर्क समेत गर्नुभयो । उहाँले एमालेको अर्जुन दृष्टि मिसन २०८४ भएकाले अन्य विषयमा जस्तोसुकै त्याग गरेर अघि बढ्न पनि तयार रहेको बताउनु भयो । मुलुकलाई सही बाटोमा अघि बढाउने काममा एमाले लाग्ने भन्दै महासचिव पोखरेलले सोही अनुसारको गतिविधि अघि बढाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब सकारात्मक दिशातर्फ मुलुकलाई लैजानुपर्दछ भन्ने मान्यताको आधारमा हामीले यो यात्रा आरम्भ गरेका छौं । कतिपयले भन्ने गर्नुभएको छ–होइन हाम्रो उद्देश्य मिसन २०८४ भनेर भनिरहेको एमाले आज सरकारमा सामेल भयो । कतै एमालेको मिशन २०८४ रोकिएको हो कि भनेर प्रश्न गर्ने गर्नुहुन्छ । म तपाईँहरुको बीचमा के भन्न चाहन्छु भन्दाखेरी मिसन २०८४ मुलुकको भविष्य निर्माणको एउटा संकल्प हो । त्यसबाट नेकपा एमाले विचलित हुने प्रश्नै उठदैन ।

हामीले त भनिरहेका छौं–यो सहकार्यले मिसन २०८४ लाई बलियो बनाउँदछ भन्ने मान्यता र विश्वासको जगमा हामीले नया सहकार्यको यात्रा आरम्भ गरेका छौं । किनकी हाम्रो यात्रामा हाम्रा बिरुद्धको घेराबन्दी तोड्नु आवश्यक थियो । चक्रब्युहलाई तोड्न आवश्यक थियो । हामीले हाम्रा बिरुद्धको घेराबन्दीलाई, हाम्रा बिरुद्धको चक्रब्युहलाई तोडेर हामी बाहिर आएका छौं । सहकार्यको एउटा नयाँ आधार तयार गरेका छौं । जसका आधारमा हामी मिसन २०८४ लाई सफल पार्न चाहन्छौं । र मुलुकको भाग्य र भविष्यलाई उज्यालो दिशातर्फ अगाडि बढाउन चाहन्छौं । निराश बनेका जनतामा आशा जगाउन चाहन्छौं ।

नेकपा एमाले मुलुकलाई सही बाटो देखाउनका लागि जस्तोसुकै त्याग गर्नका लागि तयार छ । आजभोली कतिपयले भन्ने गर्नुहुन्छ–एमाले सरकार त गयो । तर महत्वपूर्ण मन्त्रालय त लिएन नि । हामीलाई थाहा छ । अहिलेको संसद भित्र हामीले चाहेजस्तो नीतिगत नेतृत्व सम्भव छैन । हामीले त मुलुकको आरालो यात्रा रोक्नका लागि मात्रै सहकार्य गरेका छौैं । मुलुकलाई विकास र समृद्धिको यात्रामा नयाँ युगमा प्रवेश गराउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्दछ । त्यस अर्थमा मिसन २०८४ नेकपा एमालेको अर्जुन दृष्टि हो भन्ने कुरालाई बुझ्न सक्नुपर्दछ । त्यो मान्यताको आधारमा हामी अगाडि बढ्न खोजिरहेको कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु । हामी कुन उद्देश्यका साथ कसरी अगाडि बढ्न खोजिरहेका छौं भन्ने कुरालाई हामीले गम्भिरतापूर्वक लिन जरुरी छ भन्ने कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु ।’

त्यस अवसरमा महासचिव पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने काममा एमालेको प्रयास हुने पनि बताउनु भयो । उहाँले एमाले सरकारमा नहुँदा सो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आउन नसकेको जिकिर समेत गर्नुभयो ।