९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकको सीईओमा शर्मा नियुक्त



अ+ अ-

काठमाडौँ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त हुनुभएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले बैंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

मंगलबार सनराइज बैंकको सीईओ जनकशर्मा पौड्यालले पदबाट राजीनामा दिएका दिनुभएको थियो । बैंकले पौड्यालको राजीनामा स्वीकृत गर्दै शर्मालाई नयाँ सीईओ नियुक्त गरिएको जनाएको छ । शर्मा यसअघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत रहनुभएको थियो । शर्माले यसअघि ग्लोबल आइएमइ बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक लगायतमा काम गर्नुभएको छ ।