• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo

सनराइज बैंकको सीईओमा शर्मा नियुक्त



काठमाडौँ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त हुनुभएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले बैंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

मंगलबार सनराइज बैंकको सीईओ जनकशर्मा पौड्यालले पदबाट राजीनामा दिएका दिनुभएको थियो । बैंकले पौड्यालको राजीनामा स्वीकृत गर्दै शर्मालाई नयाँ सीईओ नियुक्त गरिएको जनाएको छ । शर्मा यसअघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत रहनुभएको थियो । शर्माले यसअघि ग्लोबल आइएमइ बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक लगायतमा काम गर्नुभएको छ ।