• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

रोग, भोक र शाेक हुँदाहुँदै खुसी नेपाली



काठमाडौं । नेपालीहरु आफ्नो वा अरुको साना–तिना सफलतामा पनि खुसी हुन्छौं । आफ्नो दु:ख एकैछिन्मा बिर्सने बानी नेपालीको छ । त्यही कारण नेपाली विश्वमै खुसी हुने नागरिकको सूचीमा अगाडि नै छन् ।

विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३औं स्थानमा रहेको देखाएको छ । विश्व खुसी प्रतिवेदन, २०२४ अनुसार एक सय ४३ देशमध्ये खुुसीको सूचाङ्कमा नेपालले ९३औं स्थान पाएको हो ।

खुुसी हुन अनेक बहाना चाहिन्छ । पहिलो त देशमा सुशासन कायम हुनुपर्छ । सुशासन कायम भए मात्र नागरिकमा खुसी छाउँछ । त्यसपछि शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था राम्रो हुनुपर्छ । आधारभूत आवश्यकता पूरा गर्न सहजै पाइने नागरिक पनि खुसी हुन्छन् ।
नेपालमा भने खासै यी कुरा छैनन् । तर पनि नागरिक खुसी नै छन् । किनकी नेपालमा स्वतन्त्रताको हक पूर्ण कार्यान्वयनमा छ ।

सामाजिक शान्ति र अमनचयन राम्रो छ । मीठो खान नपाए पनि नेपालीले एक गाँस दु:ख गरेर खाएका छन् । उनीहरुलाई यही नै खुसी हुन पर्याप्त देखिएको छ ।

प्रतिवेदनअनुसार उक्त सूचीको पहिलो स्थानमा फिनल्याण्ड छ । फिनल्याण्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको छ । फिनल्याण्डपछि प्रमुख दशमा डेनमार्क, आइसल्याण्ड, स्वीडेन, इजरायल, नेदरल्याण्ड, नर्वे, लक्जमवर्ग, स्वीजरल्याण्ड र अस्टे«लिया छन् । प्रतिवेदनले ३० वर्षमुनि उमेर समूहमा खुसी हुने स्थानमा भने नेपाल ९२औँ स्थानमा छ ।

मानिस खुसी भएमा उसमा आत्मबल बलियो हुन्छ । स्वास्थ्य समस्या पनि कम आउँछ । त्यसैले आत्मसम्मान पाउँछ । विश्वका धेरै मुलुकहरु समृद्ध भएर पनि त्यहाँका नागरिक खुसी हुन सकेका छैनन् । सामाजिक सद्भावको अभाव छ । धनसम्पत्ति भएर पनि स्वतन्त्रता छैन । सामाजिक हिंसा छ । कतिपय देश त युद्धको अवस्थामा छन् । यस्ता देशका नागरिक खुसी र सन्तु्ष्ट हुन सक्दैनन् ।

उक्त प्रतिवेदन गलुप, अक्सफोर्ड विश्वविद्यालय, वेलबिइङ रिसर्च सेन्टर, संयुक्त राष्ट्रसंघ दिगो विकास सोलुसन नेटवर्क र डब्लुएचआर्स एडिटोरियल बोर्डले प्रकाशन गरेको हो । मुख्यत जीवन मूल्याङ्कनका प्रश्न उत्तरलाई आधार मानी प्रतिवेदन तयार पारिएको जनाइएको छ । उत्तरदाताहरुलाई आफ्नो जीवनशैलीलाई राम्रोदेखि खराबसम्मको शून्यदेखि १० नम्बरबीच अङ्क दिने गरी प्रश्न सोधिएको थियो ।