९ माघ २०८१, बुधबार
,
Latest
वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैनः कांग्रेस नेता कोइराला वैदेशिक ऋणको सहि सदुपयोग नहुदा आर्थिक संकट : उपसभापति गुरुङ काठमाडौँ परिसरको प्रवक्तामा डीएसपी पूर्णिमा चन्द सभापति कप भोलिदेखि राइट टु प्रोटिन रन हाफ म्याराथनमा ८ हजार सहभागी हुने रास्वपा खेलकुद बिभाग द्वारा खेलाडी सम्मान देउवा भन्छन्- एमसीसीको विरोध गर्नेहरुले यो ऋण होइन अनुदान रहेछ भन्ने कुरा बल्ल बुझे सीआईबीको प्रहरी भन्दै करोड बढी ठगी गर्ने युवक पक्राउ रुपन्देही जिल्ला अदालतले रविलाई निकिता र कानून व्यवसायीको जिम्मामा लगायो सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही जिल्ला अदालतले रविलाई निकिता र कानून व्यवसायीको जिम्मामा लगायो



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि बिहीबार उपस्थित हुने सर्तसहित हाजिरी जमानीमा छाडेको छ ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बिहीबार बिहान अदालतमा उपस्थित हुनेगरी लामिछानेलाई उनकी श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश गरेको हो ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिन लामिछाने बिहीबार अदालत उपस्थित भएका थिए । आज उनको बयान सकिएको छ । भोलिबाट उनको थुनछेक बहस सुरु हुनेछ ।

सुप्रिम सहकारी ठगीसम्बन्धी अभियोगको प्रतिवाद गर्न बुधबार आफै अदालतमा हाजिर भएका लामिछानेलाई जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा दिनभर बयान लिइएको थियो ।

लमिछानेको मागअनुसार इजलासले बिहान १० बजे अदालतमा उपस्थित हुने शर्तमा हिरासत बस्नु नपर्ने गरी बाहिरै बस्ने सुविधा दिएको हो । गएको आइतबार लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो कायम गरिएको छ ।