२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मविरुद्द कुनै पक्राउ पुर्जी जारी भएको छैन–ऐन महर



अ+ अ-

काठमाडौँ। नेकपा एमालेका नेता ऐन महरले आफूविरुद्ध कुनै पक्राउ पुर्जी जारी नभएको बताएका छन् ।

नेता महरले आफूविरुद्ध अनलाइन मिडियाले उच्च अदालत पाटनद्धारा पक्राउ पुर्जि जारी भनेर भ्रामक समाचार सम्प्रेषण गरेको बताएका छन् ।

उनले समाजिक संजाल फेसबुकमार्फत लेखेका छन् ‘पहिलो कुरा कानुन बमोजिम पक्राउ पुर्जि जारी गर्ने उच्च अदालतको अधिकार क्षेत्र भित्र पर्दैन र कहिल्यै पनि उच्च अदालतले पक्राउ पुर्जि जारी गर्दैन त्यो अधिकार जिल्ला अदालतको हो । दोस्रो कुरा आज उच्च अदालत पाटनमा जिल्ला सरकारि वकिलको कार्यालय काठमाडौं , जिल्ला प्रहरि परिसर काठमाडौं र मलाई समेत बिपक्षि बनाएर दर्ता गरिएका तिन ओटा रिट मध्ये दुई ओटा खारेज भएका छन भने एउटाका सन्दर्भमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र जिल्ला प्रहरि परिसर काठमाडौं ले मेरा बिरुद्धको जाहेरि तामेलिमा राख्ने निर्णय प्रकृयागत त्रुटी देखिन आएकोले प्रकृया पुर्याएर निर्णय गर्नु भनेको छ । भएको यत्ति हो । यसलाई बङ्ग्याएर आफु अनुकुलको समाचार सम्प्रेषण गरेकोमा घोर आपत्ति प्रकट गर्दछु र कोहि पनि भ्रममा नपर्न सम्पुर्ण शुभचिन्तक आफन्त र सहयोगि साथिभाई हरुलाई हार्दिक अपिल गर्दछु ।’