२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ
अ अ+ अ-

काठमाडौं । धनुषामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् । २०४३ सालमा लठ्ठी प्रहार गरी हत्यामा जन्मकैद सजाय तोकिएका एक फरार अभियुक्तलाई धनुषा प्रहरीले २१ वर्षपछि पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका एक व्यक्तिलाई मंगलबार भारतीय सीमाना जटही नाकाबाट पक्राउ गरिएको जानकारी दिएका छन् ।

धनुषाको सबैला नगरपालिका–२ मुसहरी टोल बस्ने हाल ६५ वर्षका रामबाबु यादवले सबैला–२ मा बस्ने जनक यादवलाई २०४३ सालमा लठ्ठी प्रहार गरी हत्या गरेको थियो । दुवैबीच विवाद बढेपछि रामबाबुले जनकमाथि लठ्ठी प्रहार गरेको थियो । हत्यापछि फरार रहेका रामबाबुलाई भने जिल्ला अदालत धनुषाले २०६० साउन १६ गते सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो ।

‘वारदातको २१ वर्षपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले मंगलबार(आज) रामबाबुलाई भारतको सीमानजिक लग्मा–जटही नाकाबाट पक्राउ गरिएको छ,’ धनुषा प्रहरीका डीएसपी सिंहले भने,‘पक्राउ गरिएका रामबाबुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत धनुषामा पठाइएको छ ।’