९ माघ २०८१, बुधबार
,
Latest
भैरहवा र पोखरा विमानस्थल विदेश जाने श्रमीकका लागि डेडिकेटेड गरौँ, चलेन भनेर चिन्ता लिनै पर्दैनः… इन्टेग्रिटी आइकन नेपाल २०२४ अवार्डबाट पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित गैँडाको आक्रमणबाट एकजनाको मृत्यु चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द सशस्त्र प्रहरी बल २४औँ वर्षमा प्रवेश आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड जिल्ला अदालत रुपन्देहीमा हाजिर भए रवि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण ‘अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला यू–१९ विश्वकप क्रिकेट : नेपालले आज अस्ट्रेलियाको सामना गर्ने



अ+ अ-

काठमाडौं । आईसीसी महिला यू–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज उपाधि दावेदार अस्ट्रेलियाको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजे सुरु हुने छ ।

समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको युकेएम वाइएसडी ओभलमा हुने छ ।

नेपालले पहिलो पटक अस्ट्रेलियाको सामना गर्न लागेको हो । अस्ट्रेलिया नेपाली युवा टोलीले सामना गर्न लागेको बलियो टोलीमध्ये एक हो ।

अघिल्ला दुवै खेलमा पराज बेहोरेको नेपाल सुपर सिक्समा पुग्ने सम्भावना न्युन छ । त्यसैले नेपाल साबिक उपविजेता अस्ट्रेलियाविरुद्ध विना दबाब मैदान उत्रिनेछ ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटले पराजय बेहोरेको थियो ।