२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकको सहजताका लागि अध्यादेश : एमाले



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) संसदीय दलले सरकारले ल्याएको छ वटा अध्यादेश नागरिकलाई सहज सेवा प्रदान गर्न ल्याइएको जनाएको छ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार एमालेको संसदीय दलले विज्ञहरु समेतलाई बोलाएर अध्यादेश ल्याउनुको उद्देश्य र त्यसको आवश्यकताबारे आफ्ना पार्टीका सांसदहरुलाई जानकारी गराएको थियो।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले केही नेपाल ऐनहरुलाई संशोधन गरेर अध्यादेश जारी गरी नागरिकको सहज सेवा प्रदान गर्न, लगानीको वातावरण राम्रो बनाउन, सहकारीको समस्या समाधान गर्न नेपालको संविधानको सीमाभित्र रहेर अध्यादेश ल्याइएको सांसदहरुलाई जानकारी गराए।