८ भाद्र २०८३, सोमबार
,
Latest
भेरी अस्पतालमा ८३ नयाँ एचआइभी सङ्क्रमित फेला गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु बडीमालिकातर्फ बाजुराको सरकारी टोली प्रस्थान अब थप ढिलाइ नगरौँ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौँ: गगन थापा ‘कम्युनिष्ट सिद्धान्तले भन्दैन–गल्ती स्वीकार तर नसुधार’ भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट चन्द्र नहरलाई ऐतिहासिक सम्पदासँगै आधुनिक सिँचाइ प्रणाली बनाइने मुगुका पत्रकार शाहीलाई झापामा सम्मान विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा भन्छन्- एमसीसीको विरोध गर्नेहरुले यो ऋण होइन अनुदान रहेछ भन्ने कुरा बल्ल बुझे



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई फाइदा हुने क्षेत्रमा वैदेशिक सहयोग लिन सकिने बताएका छन्।

कांग्रेसको आर्थिक नीति तथा योजना विभागले बुधबार सानेपामा गरेको ‘नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति’ विषयक कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन्।

उनले वैदेशिक सहयोगका बिषयमा बेला–बेला विरोध हुने गरेको भन्दै मुलुकको हितमा लिन सकिने बताएका हुन् । उनले विभिन्न निकायले नेपाललाई अनुदान दिने गरेको बताउँदै केही ऋणसमेत अनुदानमा परिणत हुने धारण राखे ।

उनले विभिन्न निकायले नेपाललाई अनुदान दिने गरेको र केही ऋण समेत अनुदानमा परिणत हुने गरेको धारण राखे । एमसीसी पास गर्ने बेलामा ठुलो विरोध भए पनि अहिले राम्रो रहेछ भन्ने सबैले बुझ्दै गएको उनले बताए ।

सभापति देउवाले नेपाल भारत र चीनको बिचमा रहेकाले त्यहाँको नीतिको असर पर्नु स्वाभाविक रहेको र त्यसले फाइदा र बेफाइदा दुवै हुने गरेको धारणा राखे । उनले ऋण लिए पनि कसैको डेब्ट–ट्रयापमा पर्न नहुनेतर्फ सचेत गराए । ‘कसैसँग ऋण लिँदा ऋणको पासोमा नपरोस् भन्नु राम्रै कुरा हो’, उनले भने, ‘हाम्रो स्वार्थ हेरेर ऋण लिऊँ । वश, हामी डेब्ट–ट्रयापमा पर्नु भएन ।’

तस्बिर : माधवप्रसाद घिमिरे/रासस