९ माघ २०८१, बुधबार
,
Latest
रवि लामिछानेको मुद्दा प्रह्लाद कुमार योगीको इजलासमा लहडमा निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाले निकुञ्जको आकाशमा हेलिकप्टर बन्द भयो भन्नेकुरा स्वीकार्य छैनः पर्यटनमन्त्री भैरहवा र पोखरा विमानस्थल विदेश जाने श्रमीकका लागि डेडिकेटेड गरौँ, चलेन भनेर चिन्ता लिनै पर्दैनः… इन्टेग्रिटी आइकन नेपाल २०२४ अवार्डबाट पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित गैँडाको आक्रमणबाट एकजनाको मृत्यु चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द सशस्त्र प्रहरी बल २४औँ वर्षमा प्रवेश आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड जिल्ला अदालत रुपन्देहीमा हाजिर भए रवि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण



अ+ अ-

ढोरपाटन, (बागलुङ) । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ निर्मित मोटरेवल पुल यसै सातादेखि सञ्चालन भएको छ । पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ ।

पुलबाट जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका– ६ जोडिएका छन् । जैमिनी नगरपालिका–५ का कृष्णबहादुर थापाले कालीगण्डकीमा पुल बनेपछि सामान ढुवानी र यात्रा गर्न धेरै सहज भएको बताउनुभयो । पुलबाट यात्रा गर्दा अब पोखरा पुग्न ३० किलोमिटर दूरी घटेको उहाँले सुनाउनुभयो । रासस