• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि… ★   सदनको गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकबिच छलफल जारी ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

यी ५ खेलाडी जो आईपीएल सुरु हुँदादेखि अहिलेसम्म सबै सिजन खेल्दै आएका छन्



एजेन्सी । आईपीएल सन् २००८ मा सुरु भएको थियो । त्यसयता यस प्रतियोगिताको १६ सिजन भइसकेका छन् । पहिलो सिजन खेलेका अधिकांश खेलाडीले सन्यास लिइसकेका छन् तर के तपाईलाई थाहा छ पहिलो सिजनदेखि नै खेलिरहेका धेरै खेलाडी छन् ।

महेन्द्र सिंह धोनी बाहेक विराट कोहली र रोहित शर्मा जस्ता ठूला नामहरू यो सूचीमा परेका छन् । यी खेलाडीहरूले सबै १६ सिजनमा कम्तीमा १ खेल खेलेका छन् । यससँगै अब यी क्रिकेटर १७ औं सिजनका लागि तयार छन् ।

महेन्द्र सिंह धोनी


आईपीएलको पहिलो सिजनमा महेन्द्र सिंह धोनी चेन्नई सुपर किंग्सका कप्तान थिए । सीएसके त्यो सिजन फाइनलमा पुगेको थियो तर शेन वार्नको नेतृत्वमा रहेको राजस्थान रोयल्ससँग पराजित भएको थियो । यसपछि धोनीले चेन्नई सुपर किंग्सबाट खेल्ने क्रम जारी राखे । यद्यपि, उनले राइजिङ पुणे सुपरजायन्ट्सबाट २ सिजन खेले । महेन्द्र सिंह धोनीको कप्तानीमा चेन्नई सुपर किंग्सले कीर्तिमानी ५ पटक आईपीएलको उपाधि जितेको छ ।

विराट कोहली


आईपीएलको पहिलो सिजनदेखि खेल्दै आएका खेलाडीको सूचीमा विराट कोहली पनि परेका छन् । विराट कोहली आईपीएल २००८ देखि रोयल च्यालेन्जर्स बैंगलोरको हिस्सा रहेका छन् । आईपीएलमा विराट कोहलीले अहिलेसम्म २३७ खेल खेलिसकेका छन् । जसमा १३०.०२ को स्ट्राइक रेट र ३७.२५ को औसतमा ७२६३ रन बनाएका छन् ।

दिनेश कार्तिक


दिनेश कार्तिक आईपीएल २००८ मा किंग्स इलेभेन पञ्जाबको हिस्सा थिए । त्यसयता उनले लगातार १६ सिजन विभिन्न टोलीबाट खेलेका छन् । हालसम्म पञ्जाब बाहेक दिनेश कार्तिकले दिल्ली, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलिसकेका छन् । दिनेश कार्तिकको नाममा २४२ आईपीएल खेलमा ४५१६ रन छन् ।

शिखर धवन


शिखर धवन आईपीएल २००८ मा मुम्बई इन्डियन्स को एक हिस्सा थिए । यसपछि उनी दिल्ली क्यापिटल्सको हिस्सा बने । शिखर धवनले मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र हैदरावादबाट खेलिसकेका छन् । हाल उनी पञ्जाव किंग्सका कप्तान छन् । आईपीएलका २१७ खेलमा शिखर धवनले १२७.१६ को स्ट्राइक रेट र ३५.१९ को औसतमा ६६१६ रन बनाएका छन् ।

रोहित शर्मा


रोहित शर्माले सन् २००८ मा आईपीएलमा डेब्यू गरेका थिए । त्यो सिजन उनी डेक्कन चार्जर्स हैदरावादको हिस्सा थिए । यसपछि रोहित शर्मा २०११ मा मुम्बई इन्डियन्सको हिस्सा बने । अहिलेसम्म रोहित शर्माको कप्तानीमा मुम्बई इन्डियन्सले कीर्तिमानी ५ पटक आईपीएलको उपाधि जितेको छ । योसँगै रोहित शर्माले आईपीएलका २४३ खेलमा १३०.०५ को स्ट्राइक रेट र २९.५८ को औसतमा ६२११ रन बनाएका छन् ।