• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा ★   विपक्षी दलहरुको बैठकमा बोलाइएपछि माधव नेपाल संकटमा ! ★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो ★   सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको ठहर ★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ?

दिल्लीको कप्तानी ऋषभ पन्तले गर्ने



एजेन्सी । ऋषभ पन्तले आईपीएल २०२४ मा दिल्ली क्यापिटल्सको कप्तानी गर्ने पक्का भएको छ । दिल्ली क्यापिटल्सका अध्यक्ष पार्थ जिन्दलले मंगलबार यो घोषणा गरेका हुन् ।

१४ महिनापछि क्रिकेटमा फर्किएका ऋषभ पन्त आइपिएल २०२४ मा ब्याटिङ मात्र नभई कप्तानी पनि गर्ने भएका छन् । तर, पन्तको विकेटकिपिङमा भने अझै शंका छ ।

उनी आईपीएलको १७ औं सिजनका लागि डेभिड वार्नरको स्थानमा आएका हुन् जसले गत आईपीएल सिजनमा दिल्लीको कप्तानी गरेका थिए ।

३१ डिसेम्बर २०२२ मा ऋषभ पन्तको दिल्लीबाट रुड़की जाने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भिर चोट लागेका पन्तको शल्यक्रिया पनि भयो । जसका कारण उनले आईपीएल २०२३ मा खेल्न पाएनन् । उनको अनुपस्थितिमा डेभिड वार्नरलाई दिल्ली क्यापिटल्सको कप्तान बनाइएको थियो ।

वार्नरको नेतृत्वमा दिल्लीको टोलीको अवस्था गत सिजन निकै खराब थियो । यस्तो अवस्थामा अब ऋषभ पन्त ब्याटिङका ​​लागि मात्र नभई आईपीएल २०२४ मा कप्तानको लागि पनि तयार छन् ।

ऋषभ पन्तले आईपीएलमा कुल ९८ खेल खेल्दै २८३८ रन बनाएका छन्, जसमा उनले एक शतक र १५ अर्धशतक बनाएका छन् । आईपीएलमा पन्तको सर्वाधिक रन नटआउट १२८ रन थियो ।