• २ श्रावण २०८१, बुधबार
  •      Wed Jul 17 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिनुहुने ! ★   तनहुँको भादगाउँमा एक सातादेखि खानेपानी आपूर्ति बन्द ★   अण्डा उत्पादक ७५ प्रतिशत किसान विस्थापित ★   पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द अस्वस्थ ★   १३२ केभी बुर्तिबाङ ‘सवस्टेशन’ अन्तिम चरणमा ★   योगमाया जलसमाधि स्मृति दिवसः राष्ट्रिय विभूति बन्न नसकेकी योगमाया ★   बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन अनुरोध ★   कोपा फाइनलमा चोट बोकेका मेसीले इन्टर मियामीका दुई खेल गुमाउने ★   इरानद्वारा ट्रम्प हत्याको षड्यन्त्रमा संलग्न रहेको आरोप अस्वीकार ★   हार्दिक पाण्ड्याबाट टाढा हुँदैछन् अगस्त्य ? नतासाले घर छोडेर फ्लाइट समातिन्

इमाद वासिमले बनाए विश्व कीर्तिमान



एजेन्सी । इस्लामाबाद युनाइटेडका अनुभवी अलराउन्डर इमाद वासिमले सोमबार पाकिस्तान सुपर लिगको फाइनलमा इतिहास रचेका छन् । पाकिस्तान सुपर लिग २०२४ को फाइनल खेल इस्लामाबाद युनाइटेड र मुल्तान सुल्तान्सबीच कराँचीको नेशनल स्टेडियममा भएको थियो ।

मुल्तान सुल्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपनि बायाँ हाते स्पिनर इमाद वासिमले चाँडै नै सो निर्णय गलत साबित गरे । इनिङ्सको दोस्रो ओभरमा वासिमले यासिर खान र डेभिड विलीलाई आफ्नो शिकार बनाए ।

यसपछि उनले खुशदिल शाह, क्रिस जोर्डन र अब्बास अफ्रिदीलाई आउट गर्दै आफ्नो पाँच विकेट पूरा गरे ।

इमाद वासिम पाकिस्तान सुपर लिगको फाइनलमा एक इनिङमा ५ विकेट लिने पहिलो क्रिकेटर बनेका छन् । पाकिस्तान सुपर लिगको ९ औं संस्करण सकिएको छ र इमाद बाहेक अन्य कुनै बलरले यो उपलब्धि हासिल गर्न सकेका छैनन् । इमाद वासिमअघि पीएसएल फाइनलमा उत्कृष्ट बलिङ गर्ने कीर्तिमान शाहीन अफ्रिदीको नाममा थियो ।

शाहिन अफ्रिदीले २०२३ को पीएसएल फाइनलमा मुल्तान सुल्तान्सविरुद्ध ५१ रन दिएर चार विकेट लिएका थिए । यी दुई बलरबाहेक फाइनलमा कुनै पनि बलरले क्रमशः पाँच वा चार विकेट लिन सकेनन् ।

इस्लामाबाद युनाइटेड च्याम्पियन बन्यो
पाकिस्तान सुपर लिग २०२४ को फाइनलमा सोमबार अन्तिम बलमा मुल्तान सुल्तान्सलाई दुई विकेटले पराजित गर्दै इस्लामाबाद युनाइटेडले तेस्रोपटक उपाधि जितेको छ । पहिले ब्याटिङ गरेको मुल्तान सुल्तान्सले २० ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो । जवाफमा युनाइटेडले ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । खेलको प्लेयर अफ द म्याच इमाद वासिम चुनिए ।