२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिनुहुने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

सत्तापक्षका मुख्य सचेतक महेश कुमार बर्तौलाका अनुसार ओलीले साउन ६ गते संसद्बाट विश्वासको मत लिन लाग्नुभएको हो । सोही दिन १ बजे संसद् बैठक बस्दैछ । साथै, सोही दिन अ‍ोलीले राष्ट्रका नाममा सम्बोधन पनि गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संविधानमा प्रावधान छ ।

ओली गत आइतबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली मुलुकको ४५औँ प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुभएको हो ।