१८ भाद्र २०८३, बिहीबार
,
Latest
नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिनुहुने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

सत्तापक्षका मुख्य सचेतक महेश कुमार बर्तौलाका अनुसार ओलीले साउन ६ गते संसद्बाट विश्वासको मत लिन लाग्नुभएको हो । सोही दिन १ बजे संसद् बैठक बस्दैछ । साथै, सोही दिन अ‍ोलीले राष्ट्रका नाममा सम्बोधन पनि गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संविधानमा प्रावधान छ ।

ओली गत आइतबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली मुलुकको ४५औँ प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुभएको हो ।