• २ श्रावण २०८१, बुधबार
  •      Wed Jul 17 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिनुहुने ★   तनहुँको भादगाउँमा एक सातादेखि खानेपानी आपूर्ति बन्द ★   अण्डा उत्पादक ७५ प्रतिशत किसान विस्थापित ★   पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द अस्वस्थ ★   १३२ केभी बुर्तिबाङ ‘सवस्टेशन’ अन्तिम चरणमा ★   योगमाया जलसमाधि स्मृति दिवसः राष्ट्रिय विभूति बन्न नसकेकी योगमाया ★   बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन अनुरोध ★   कोपा फाइनलमा चोट बोकेका मेसीले इन्टर मियामीका दुई खेल गुमाउने ★   इरानद्वारा ट्रम्प हत्याको षड्यन्त्रमा संलग्न रहेको आरोप अस्वीकार ★   हार्दिक पाण्ड्याबाट टाढा हुँदैछन् अगस्त्य ? नतासाले घर छोडेर फ्लाइट समातिन्

स्टार्कको कमाई आईपीएल जित्ने विजेता टिमको भन्दा बढी



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं संस्करण मार्च २२ (शुक्रबार)देखि सुरु हुँदैछ । उद्घाटन खेल रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र चेन्नई सुपर किंग्स (सिएसके)बीच हुँदैछ ।

आईपीएल लिलामीमा मिचेल स्टार्क मात्र नभई उनको राष्ट्रिय टोली (अष्ट्रेलिया)का कप्तान प्याट कमिन्सको लागि पनि २० करोड भारुभन्दा बढी खर्च भएको थियो । कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाखमा किनेको थियो । आईपीएलको विजेताको पुरस्कार २० करोड छ ।

आईपीएलका शीर्ष १० सबैभन्दा महँगा खेलाडीको मूल्य पनि १६ करोड रुपैयाँभन्दा बढी छ । शीर्ष ४ स्थानमा रहेका सबै विदेशी छन्, जसमा अष्ट्रेलियाका ३ खेलाडी छन् । केएल राहुल र विराट कोहलीको कमाई भारतीयमा सबैभन्दा धेरै छ । लखनउको टोलीले राहुललाई १७ करोड र विराटलाई पनि आरसीबीले १७ करोड रुपैयाँ दिन्छ ।

विजेता टोलीको २० करोडको पुरस्कार भलै कमिन्स र स्टार्कको कमाइभन्दा बढी नहुन सक्छ तर यो रकम आईसीसी टी–२० विश्वकप जितेको पुरस्कारभन्दा पक्कै बढी हो । टी–२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जित्ने टोलीले आईसीसीबाट १३–१३ करोड रुपैयाँ पाउँछन्, जुन आईपीएल विजेताको कमाई भन्दा ७ करोड कम हो ।

तर, आईपीएल अझै पनि एकदिवसीय विश्वकप जित्ने पुरस्कारभन्दा १३.२ करोड रुपैयाँ पछाडि छ । अष्ट्रेलियाले २०२३ को विश्वकप जित्दा ३३.२ करोड रुपैयाँ पाएको थियो । दक्षिण अफ्रिकाको एसए२० लिग जित्ने टोलीले १५ करोड रुपैयाँ पाउँछ ।