• ३१ असार २०८१, सोमबार
  •      Mon Jul 15 2024
  •   Unicode
Logo
Latest
★   पेट्रोल, डिजेल र मट्टितेलको मृल्यवृद्धि ★   लिलादेवी गडतौला सरकारको कायममुकायम मुख्य सचिव ★   विपद्मा परी मृत्यु भएकाहरुलाई दश लाखको दरले राहत दिने सरकारको निर्णय ★   आर्थिक विधेयकमाथी विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत ★   को हुन् नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल ? ★   पर्यटन नीतिलाई समयानुकूल बनाउँछुः पर्यटनमन्त्री पाण्डे ★   मन्त्री अधिकारीद्वारा कृषि दशकमा लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर ★   नयाँ शिक्षा ऐन निर्माण प्राथमिकतामाः शिक्षामन्त्री भट्टराई ★   मन्त्रिपरिषद्को पहिलो निर्णयः कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान ★   नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा को हुन् त ?

अर्थतन्त्र सुधारदेखि रोजगारीका अवसर बढाउनेसम्मका योजना



काठमाडौं । सत्ता गठबन्धन पाँच दलले आज साझा न्यूनतम् कार्यक्रम सार्वजनिक गर्दै छन् ।

प्रधानमन्त्री कार्यालयले बिहान १० बजे साझा न्यूनतम् कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुले साझा कार्यक्रम सार्वजनिक गर्ने छन् ।

न्यूनतम् साझा कार्यक्रममा देशको अर्थतन्त्र सुधारदेखि वैदेशिक रोजगारीमा हुने गरेको ठगी रोक्नेसम्मका विषय समेटिएका छन् । यसैगरी कूटनीतिक सम्बन्ध विस्तार, सरकारी सेवालाई प्रभावकारी बनाउने, नागरिकले सहज सेवा पाउने व्यवस्था गर्ने, महंगी नियन्त्रण गर्ने विषयसमेत साझा कार्यक्रममा समेटिएका छन् ।

त्यसैगरी शान्ति प्रक्रियासँग सम्बन्धित संक्रमणकालीन न्यायसम्बन्धी विधेयक तत्काल अघि बढाउने, राष्ट्रिय सरोकारका विषयमा राष्ट्रिय सहमति कायम गर्ने विषय पनि दलहरुले साझा कार्यक्रममा राखेका छन् ।

साझा न्यूनतम् कार्यक्रम लेखनका लागि पाँच दलीय गठबन्धनले १० सदस्यीय कार्यदल गठन गरेको थियो । त्यही कार्यदलले बनाएको साझा कार्यक्रमको मस्यौदालाई शीर्ष नेताहरुले केही संशोधन गरेर टुंगो लगाएका ह्न् ।

पाँच दलीय गठबन्धनको कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवहरु वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य थिए ।