काठमाडौं । शुक्रबार अमेरिकी डलर सहित केही देशको विदेशी मुद्रा विनिमयदर घटबढ भएको छ । अमेरिकी डलरको विनिमयदर बढेको छ भने युके पाउण्ड स्ट्रलिङको विनिमयदर घटेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ८७ तोकिएको छ । त्यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ७४ पैसामा हुँदै छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ५७ पैसामा हुँदैछ।
त्यस्तै नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ९० रुपयाँ ५६ पैसा तोकिएको छ । एक क्यानेडियन डलरको खरिददर ९१ रुपयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर ९२ रुपयाँ १६ पैसा तोकिएको छ ।
साउदी रियालको खरिददर ३१ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १६ पैसा तोकिएको छ । त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १० पैसा तोकिएको छ ।
त्यसैगरी, एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ५५ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९ रुपैयाँ ९८ पैसा तोकिएको छ । कोरियनको भने वन एक सयको खरिददर १० रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५९ पैसा तोकिएको छ ।