• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

शौचालय जाँदा ५ लाख डलर जितेपछि



एजेन्सी। अमेरिकाको साउथ क्यारोलिनाका एकजना पुरुषले आफ्नी पत्नीलाई बाथरुम जानु पर्ने स्थितीको कारण आफुले स्क्र्याच अफ लोटरीबाट ५ लाख अमेरिकी डलर जित्न सफल भएको बताएका छन् ।

उनले साउथ क्यारोलिना एजुकेसन लोटरी अधिकारीहरुलाई बताएका छन् , ‘ मेरी पत्नीलाई तत्काल शौचालय जानुपर्ने भएकाले हामी आइनोर स्थित आइनोर फुड मार्टमा रोकियौं । पर्खने क्रममा मैले कारमा तेल भर्ने विचार गरें । मैले पम्पमा एकजना मानिस लोटरी टिकट कोतर्दै गरेको देखें । ’

त्यो देखेर उनले पनि पत्नीलाई भित्र गएर लोटरी किन्ने मनशाय व्यक्त गरे । तर शुरुमा पत्नीले असहमति जनाइन् । तर नाम नखुलाइएका ति पुरुषले ढिंपी गरेर लोटरी टिकट किनेरै छोडे । कोतरेर हेर्दा पाँच लाख डलर जित्दा तिनीहरुको खुशीको सिमानै रहेन । यस दम्पतीले केहि पैसा भविष्यमा गरिने सडक यात्राका लागि छुट्याउने योजना सुनाएका छन् ।