३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

शौचालय जाँदा ५ लाख डलर जितेपछि

शौचालय जाँदा ५ लाख डलर जितेपछि
अ+ अ-

एजेन्सी। अमेरिकाको साउथ क्यारोलिनाका एकजना पुरुषले आफ्नी पत्नीलाई बाथरुम जानु पर्ने स्थितीको कारण आफुले स्क्र्याच अफ लोटरीबाट ५ लाख अमेरिकी डलर जित्न सफल भएको बताएका छन् ।

उनले साउथ क्यारोलिना एजुकेसन लोटरी अधिकारीहरुलाई बताएका छन् , ‘ मेरी पत्नीलाई तत्काल शौचालय जानुपर्ने भएकाले हामी आइनोर स्थित आइनोर फुड मार्टमा रोकियौं । पर्खने क्रममा मैले कारमा तेल भर्ने विचार गरें । मैले पम्पमा एकजना मानिस लोटरी टिकट कोतर्दै गरेको देखें । ’

त्यो देखेर उनले पनि पत्नीलाई भित्र गएर लोटरी किन्ने मनशाय व्यक्त गरे । तर शुरुमा पत्नीले असहमति जनाइन् । तर नाम नखुलाइएका ति पुरुषले ढिंपी गरेर लोटरी टिकट किनेरै छोडे । कोतरेर हेर्दा पाँच लाख डलर जित्दा तिनीहरुको खुशीको सिमानै रहेन । यस दम्पतीले केहि पैसा भविष्यमा गरिने सडक यात्राका लागि छुट्याउने योजना सुनाएका छन् ।