• १२ जेष्ठ २०८१, शनिबार
  •      Sat May 25 2024
  •   Unicode
Logo

एट्लेटिकोमाथि बार्सिलोनाको सहज जित



काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई उसकै घरेलु मैदानमा ३–० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन जोआओ फेलिक्स (३८ औं मिनेटमा), रोबर्ट लेवान्डोस्की (४७ औं मिनेटमा) र फेर्मिन लोपेज (६५ औं मिनेटमा) ले एक–एक गोल गरे ।

जितसँगै बार्सिलोना २९ खेलबाट ६४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एट्लेटिको ५५ अंकका साथ पाँचौं स्थानमा छ ।