५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

हजारौ शहीदले बलिदानी गरेर रगतले लेखेको संविधान नै धरापमा : प्रचण्ड

हजारौ शहीदले बलिदानी गरेर रगतले लेखेको संविधान नै धरापमा  : प्रचण्ड
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले हजारौ शहीदले बलिदानी गरेर रगतले लेखेको संविधान नै धरापमा जाने हो कि भन्ने संसय पैदा भएको बताउनुभएको छ ।

जनयुद्ध दिवसको अवसर पारेर काठमाण्डौमा सनिबार बारबर्दिया नगरपालिकाले आयोजना गरेको “जीवनगाथा” पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ठूलो बलिदानी पछि प्राप्त उपलब्धि नै गुम्ने खतरा श्रृजना भएको बताउनुभएको हो ।
 
उहाँले भन्नुभयो “यस्तो परिस्थितिमा यो जीवनगाथा आएको छ । कहीँ कतै संघीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा जाने हो कि ? कहीँ हजारौ शहीदहरुले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ?भन्ने खतरा पैदा भएको बेला पनि छ । यस्तो बेलामा तपाईहरुले यो जीवनगाथा प्रकाशित गरेर बैधानिक ढंगले अगाडि ल्याउनुभयो । यसको विशेष अर्थ र महत्व नेपालको इतिहासमा रहिरहने छ भन्ने म ठान्छु । र यसले हामीले रगत दिएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयहरुको रक्षाका निम्ति पनि यसले प्रेरणा दिनेछ । ”

जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाईते योद्धाहरुको जीवनगाथा सार्वजनिक गर्नका लागि जनयुद्ध सुरु गरेकै दिन रोजेकोमा उहाँले बारबर्दिया नगरपालिकालाई धन्यवाद पनि दिनुभयो । युद्धकालिन समय योगदान पुरयाएका व्यक्तित्वका बारेमा विभिन्न पुस्तकहरु प्रकाशित भएपनि सरकारका तर्फबाट बैधानिक ढंगले प्रकाशित भएको पहिलो ऐतिहासिक दस्तावेज भएको भन्दै जीवनगाथा प्रकाशित गर्नेमा देशभरीको पहिलो नगरपालिका भएकोमा पनि उहाँले धन्यवाद दिनुभयो । अध्यक्ष दाहालले बारबर्दिया नगरपालिकाले गरेको यो कामले युद्धबाट पीडीत देशभरका सबै परिवारले न्याय पाउने प्रेरणा हुने विश्वास आफुले लिएको बताउनुभयो । बारबर्दियाले सुरु गरेको काम देशैभरी हुनेछ भन्ने विश्वास आफुले लिएको पनि उहाँले उल्लेख गर्नुभयो ।

युद्धकालिन समयमा भएको बलिदानी संगै शान्ति सम्झौता, सेना समायोजन, हतियार व्यवस्थापनको साथै शान्ति सम्झौतालाई सफल पार्न आफुहरुले खेलेको भुमिका लगायत सबै काम युगान्तकारी भएको टिप्पणी उहाँले गर्नुभयो । उहाँले पार्टीको नेताको र युद्धको परिकल्पनाकारको हैसियतले आफुले उत्पीडीत समुदायहरुको विचार र उत्पीडनलाई उजागर गर्न भूमिका मात्रै खेलेको तर तात्कालिन विद्रोह उत्पीडीत समुदायको विद्रोह नै भएको बताउनुभयो । उहाँले तात्किालिन समयमा थारु समुदायले खेलेको भूमिकाको पनि प्रसंशा गर्नुभयो ।

सरकारको तर्फबाट आधिकारीक दस्तावेज प्रकाशित गर्नेमा नगरपालिका पहिलो भएको अध्यक्ष दाहालले बताउनुभयो । “जीवनगाथा” पुस्तकमा जनयुद्धको तयारीको क्रममा बारबर्दिया जिल्लामा शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाईते योद्धाहरुको जीवनगाथा संग्रहित गरिएको छ । प्रकाशित जीवनगाथामा ६ सय ८० योद्धाहरुको जीवनी समेटिएको छ । ती मध्ये ३ सय २८ शहीद तथा मारिएका व्यक्तिहरु,२ सय ५० जना बेपत्ता पारिएका व्यक्तिहरु र १ सय २ जना घाईते तथा अपांङ्गता भएका व्यक्तिहरुको जीवनगाथा छ । बर्दिया जिल्लाका ६ वटा नगरपालिकाहरु बाँसगढी, बारबर्दिया, गुलरिया, मधुवन, ठाकुरबाबा र राजापुर समेटिएका छन् । त्यसैगरी बढैयाताल गाउँपालिका र गेरुवा गाउँपालिकाका ७५ वटा वडाहरुमा वडागत रुपमा जीवनगाथा श्रेणीबद्ध गरिएको छ । यसका साथै घटनाहरु बर्णानुक्रम अनुसार श्रृंखला मिलाएर राखिएको छ ।