२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

दुई नगरपालिकाबीच भगिनी सम्बन्ध कायम

दुई नगरपालिकाबीच भगिनी सम्बन्ध कायम
अ अ+ अ-

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका र काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । आ–आफ्नो क्षेत्रमा भएका नमूना कामको सिकाइ आदान–प्रदान गर्दै मित्रवतरूपमा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबार हलेसी तुवाचुङका नगरप्रमुख इवन राई र पनौतीका नगरप्रमुख भीम न्यौपानेबीचमा छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्दै भगिनी सम्बन्ध कायम गरिएको हो ।

दुई नगरपालिकाका क्रियाकलाप र गतिविधिमा द्विपक्षीय सम्बन्धलाई बढावा दिएर नमूना कामको सिकाइ आदान–प्रदान गर्दै संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले रणनीतिक सम्बन्धको संयुक्त घोषणापत्र निर्माण गरिएको हलेसी तुवाचुङका नगरप्रमुख राईले बताउनुभयो । 

दुई नगरपालिकाबीचमा दुवै पक्षले आ–आफ्नो परिधि तथा नियम कानूनमा रही धर्म, संस्कृति, पर्यटनलगायत सफलतम नमूना कार्यको सिकाइ आदान प्रदान गरी संस्थागत क्षमता अभिवृद्धिका साथ पारस्परिक लाभ प्राप्त गर्न प्रयत्नरत रहने, सान्दर्भिक सूचना आदान–प्रदान गरी निकट सम्बन्ध कायम राखी साझा कुरामा समन्वय गर्न क्रियासिल रहने, स्थानीय सरकारका जिम्मेवारी व्यवस्थापन सम्बन्धमा आवश्यक नीति, कानून, कार्यविधि, मापदण्डको तर्जुमा कार्यान्वयन तथा सामयिक परिमार्जनमा एकरुपता कायम गर्न पारस्परिक सहयोग र सहकार्य गर्न प्रयत्नरत रहने सम्झौता–पत्रमा उल्लेख छ ।

जिल्लाका अन्य स्थानीय तहले पनि आफ्नो क्षेत्रका समग्र विकासका लागि विभिन्न स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गरेका छन् । जिल्लाको सबैभन्दा ठूलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सिक्किमको नाम्ची नगरपालिका र राङ्का राईगाउँपालिकासँग भगिनी सम्बन्ध कायम गरेको छ । रासस