३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई नगरपालिकाबीच भगिनी सम्बन्ध कायम



अ+ अ-

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका र काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । आ–आफ्नो क्षेत्रमा भएका नमूना कामको सिकाइ आदान–प्रदान गर्दै मित्रवतरूपमा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबार हलेसी तुवाचुङका नगरप्रमुख इवन राई र पनौतीका नगरप्रमुख भीम न्यौपानेबीचमा छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्दै भगिनी सम्बन्ध कायम गरिएको हो ।

दुई नगरपालिकाका क्रियाकलाप र गतिविधिमा द्विपक्षीय सम्बन्धलाई बढावा दिएर नमूना कामको सिकाइ आदान–प्रदान गर्दै संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले रणनीतिक सम्बन्धको संयुक्त घोषणापत्र निर्माण गरिएको हलेसी तुवाचुङका नगरप्रमुख राईले बताउनुभयो । 

दुई नगरपालिकाबीचमा दुवै पक्षले आ–आफ्नो परिधि तथा नियम कानूनमा रही धर्म, संस्कृति, पर्यटनलगायत सफलतम नमूना कार्यको सिकाइ आदान प्रदान गरी संस्थागत क्षमता अभिवृद्धिका साथ पारस्परिक लाभ प्राप्त गर्न प्रयत्नरत रहने, सान्दर्भिक सूचना आदान–प्रदान गरी निकट सम्बन्ध कायम राखी साझा कुरामा समन्वय गर्न क्रियासिल रहने, स्थानीय सरकारका जिम्मेवारी व्यवस्थापन सम्बन्धमा आवश्यक नीति, कानून, कार्यविधि, मापदण्डको तर्जुमा कार्यान्वयन तथा सामयिक परिमार्जनमा एकरुपता कायम गर्न पारस्परिक सहयोग र सहकार्य गर्न प्रयत्नरत रहने सम्झौता–पत्रमा उल्लेख छ ।

जिल्लाका अन्य स्थानीय तहले पनि आफ्नो क्षेत्रका समग्र विकासका लागि विभिन्न स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गरेका छन् । जिल्लाको सबैभन्दा ठूलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सिक्किमको नाम्ची नगरपालिका र राङ्का राईगाउँपालिकासँग भगिनी सम्बन्ध कायम गरेको छ । रासस