३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवागढी नाका पूर्ण संञ्चालनमा ल्याउन कांग्रेस नेता आचार्यको जोड



अ+ अ-

रसुवा। नेपाली कांग्रेसका नेता एंव रसुवा जिल्लाबाट तत्कालिन प्रतिनिधिसभा सदस्य मोहन आचार्यले रसुवागढी नाका पूर्ण संञ्चालनमा ल्याउन माग गर्नु भएको छ।
 
 २८५७ औं सोनम ल्होछार लाङ ल्हो (गोरु वर्ग) को अवसरमा आरुखर्क जुरेढुङ्गा युवा समाज नौकुण्ड-१ रसुवाको आयोजनामा संचालित कार्यक्रमलाई सम्बोधन गर्दै नेता आचार्यले रसुवागढी नाका लामो समय देखि पूर्ण संञ्चालनमा आउन नसक्दा  नेपाल र चीन वीचको व्यापारिक कारोवार प्रभावित हुनुका साथै रसुवालि दाजुभाइ को गरिखाने बाटो बन्द भएको बताउनु भयो। 
 
 ऋण गरेर ४०० भन्दा बढि कन्टेनर खरिद गरेका रसुवालिहरु आज किस्ता तिर्न नसकेर गाडिनै बुझाउने अवस्थामा पुगेको भन्दै उहाँले ४०० भन्दा बढि रसुवालि ड्राइभर र यस संग जोडिएका कैयो को रोजगारि खोसिएको बताउनु भयो।
 
नाका खोल्न को लागि संम्बन्धित निकायहरुमा पटक पटक अनुरोध गर्दा पनि केहि नलागेको ले सबैले आआफ्नो क्षेत्रबाट आवाज उठाउन उहाँले पत्रकार लगायत सबैलाई आग्रह गर्नु भयो।
 
१ वर्ष देखि नाका पूर्ण संञ्चालनमा आउन नस्कदा पारि रहेका गाडि र १००० भन्दा बढि कन्टेनर सामग्री के कस्तो अवस्थामा छ थाहा नभएको भन्दै नेता आचार्यले कतिपय खाध्य सामग्रीहरुको उपभोग्य मिति गुज्रिसकेको गुनासो व्यापारीहरुले गरिरहेको बताउनु भयो।
 
 कार्यक्रममा बाग्मति प्रदेस सभा सदस्य  प्रेम तामाङले नाका संञ्चालनमा आउन नस्कदा  व्यापारिहरु ठुलो मर्कामा परेको ,ब्याज र किस्ता तिर्न नसकेर १ जना व्यापारिले त आत्महत्या नै गरेको खबर ले दुखि बनाएको बताउनु भयो।

चीनबाट नेपालतर्फ एकतर्फी रुपमा मात्र सामान ल्याउने गरि नाका संचालनमा ल्याइएको भन्दै उहाँले चीनले गरिरहेको नियन्त्रण फुकुवा गर्न नेपाल सरकारको तर्फबाट समेत ठोस पहल नभएको आरोप लगाउनु भयो। यो एक प्रकारको अघोषित नाकाबन्दी नै भएको उहाको आरोप थियो।

सो अबसरमा कार्यक्रमका अन्य बक्ताहरु उत्तरगया गाउ पालिका प्रमुख उपेन्द्र लम्शाल ,नौकुण्ड गाउ पालिका प्रमुख नुर्पु साङ्बो घले र   आमाछोदिङ्मो गाउ पालिका प्रमुख बुचुङ तामाङले नाका पूर्ण रुपमा संञ्चालनमा ल्याउन सरोकारवाला पक्षको घ्यानाकर्णषण गराउनु भयो।
 
 गत बर्ष माघ १५ देखि नाका बन्द छ। सुरुमा ल्होसारका कारण बन्द भएको नाका पछि कोरोना भाइरसको महामारी फैलिएसँगै गत जेठ महिनाको २१ गतेसम्म नाका पूर्ण रुपमा बन्द भयो । 

जेठ २२ गतेदेखि चीनबाट नेपालतर्फ एकतर्फी सामान ल्याउने गरि नाका संचालनमा ल्याइएको थियो ।

त्यस बिचमा पनि पटक पटक नाका बन्द भयो । नियमित रुपमा नाका संचालन हुदा यो नाकाबाट दैनिक सय भन्दा बढी कन्टेनर सामान नेपाल भित्रने गरेको थियो ।