२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

सहिदका रगतबाट ल्याएको लोकतन्त्रलाई किच्न सक्छु भन्ने ठान्नु उनीहरुको भ्रम हो : प्रचण्ड

सहिदका रगतबाट ल्याएको लोकतन्त्रलाई किच्न सक्छु भन्ने ठान्नु उनीहरुको भ्रम हो : प्रचण्ड
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा राजनीतिक स्थायीत्व कायम गरी विकास तर्फ लैजाने ऐतिहासिक पहलकदमी माथि प्रतिक्रान्तिकारी कित्ताबाट प्रहार गर्ने काम भएको बताउनुभएको छ । 

जनयुद्ध दिवसको अवसरमा पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहिदहरुको रगतबाट प्राप्त उपलब्धिलाई दक्षिणपन्थी र प्रतिक्रान्तिकारी कित्ताबाट प्रहार गर्ने काम भएको बताउनुभएको हो । उहाँले संविधान र संघीय लोकतन्त्रलाई धरापमा पार्ने प्रयास गरिए चिहानबाट सहिदका कंकाल उठेर सरकार विरुद्ध लाग्ने चेतावनी दिनुभयो । उहाँले सहिदको बलिदानीलाई कुल्चने दुश्साहस नगर्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी नै दिनुभयो ।

उहाँले भन्नुभयो “युद्धलाई शान्तिमा रुपान्तरण गरेका छौ । शान्तिलाई हामीले संविधानसभामा रुपान्तरण गर्यौ । संविधानसभालाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गर्यौ । संघीय लोकतान्त्रिक गणतन्त्रभित्र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने र देशमा राजनीतिक स्थायित्व र विकास तर्फ लैजाने जमर्को गर्यौ तर अहिले त्यही त्यही ऐतिहासिक पहलकदमीमाथि प्रहार भएको छ दक्षिणपन्थी कित्ताबाट । प्रतिक्रान्तिकारी कित्ताबाट ।…. केपी ओलीहरुले ती हजारौ सहीदहरु मरे भन्ने सोचेका छन् भने त्यो भ्रम हुनेछ । केपी ओलीहरुले ती हजारौ सहिदहरुले बगाएको रगतबाट बनेको संविधान र संघीय लोकतन्त्रलाई किच्न सक्छु भन्ने ठानेका छन् भने उनीहरु साह्रै ठूलो भ्रममा छन् । उनी छिटै भ्रम मुक्त हुँदा राम्रो हुन्छ भन्ने सुझाव दिन्छु । होइन भने कंकालहरु चिहानबाट बाहिर निस्कन्छन् र यो परिर्वतनलाई रोक्न खोज्नेका विरुद्ध धावा बोल्नेछन् । ”

सकारात्मक सामाजिक रुपान्तरणका निम्ति बलिदानी गरेका सहिदहरुलाई केही समय राज्यले दबाउने र सम्मान पनि नदिन सक्ने माक्र्सले भन्ने गरेको स्मरण गर्दै उहाँले अन्तत नयाँ पीडीहरु सहीदको सम्मानका लागि सरकारलाई खबरदारी गरी सम्मान दिलाई छाड्ने बताउनुभयो ।  

उहाँले सबै जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णयलाई कार्यान्वयनका लागि निरन्तर प्रयास गरिरहने प्रतिवद्धता जनाउनुभयो । आफु पहिलो चोटी संघीय लोकतान्त्रिक गणतन्त्रको निर्वाचित प्रधानमन्त्री भएको बेला पहिलो मन्त्रीपरिषद् बैठकबाट जनयुद्ध र जनआन्दोलनका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेपनि केही प्राविधिक कमजोरी भएकाले अहिलेसम्म सो निर्णयले औपचारिकता पाउन नसकेको उहाँले स्वीकार गर्नुभयो ।

कार्यक्रममा सबै सहिद र सहिदका परिवारको सम्मानको प्रतिकका रुपमा सहिद की आमालाई सम्मान गरिएको थियो । जनयुद्ध दिवसको अवसरमा प्रचण्ड माधव समूहले मुलुकभर नै सहिद र उनका परिवारको सम्मानमा कार्यक्रम गर्न आन्तरिक सर्कुलर जारी गरेको थियो ।