३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

केकेआरको कप्तानी श्रेयस अय्यरले गर्ने, नितिश राणा उपकप्तान



अ+ अ-

एजेन्सी । कोलकाता नाइट राइडर्सको कप्तान श्रेयस अय्यर र गत सिजन टोलीको नेतृत्व गरेका नितिश राणा उपकप्तान हुने भएका छन् । केकेआरका सीईओ भेन्की मैसूरले अय्यर फर्किएको घोषणा गरेका हुन् । उनले नितिश उपकप्तान रहने बताए ।

रणजी फाइनलको पाँचौं दिनमा विदर्भको दोस्रो इनिङ्समा अय्यरले मुम्बईका लागि फिल्डिङ गरेनन् । यसपछि उनी आईपीएलका प्रारम्भिक खेलबाट बाहिरिने आशंका गरिएको थियो । श्रेयस अय्यर पूर्णतया फिट रहेको र पहिलो खेलबाट कप्तानी गर्ने बताइएको छ ।

उनले रणजी फाइनलको अन्तिम दिन सावधानीका रुपमा फिल्डिङ गरेनन् । उनी छिट्टै टोलीमा आउनेछन् ।

रणजी फाइनलमा विदर्भविरुद्धको दोस्रो इनिङ्समा श्रेयस अय्यरले १११ बलमा ९५ रनको इनिङ खेलेका थिए । तर, उनले पहिलो इनिङ्समा ७ रन मात्रै बनाउन सकेका थिए ।

श्रेयस अय्यर गत वर्ष आईपीएलको सम्पूर्ण सिजन बाहिर थिए । गत वर्षको सुरुमा अस्ट्रेलियाविरुद्धको टेष्ट सिरिजको अन्तिम खेलमा उनी घाइते भएका थिए । यही कारण केकेआरले नितिश राणालाई कप्तान बनाएको थियो । गत वर्ष जुन ७ मा इंग्ल्याण्डमा हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि उनी उपलब्ध थिएनन् ।