• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

पार्टीमा पद र कुर्सीका लागि मरिहत्ते गर्नेहरू मात्रै छुट्टिए : ज्ञवाली



काठमाडौं। पूर्वऊर्जामन्त्री तथा नेकपा ओली समुहकी नेतृ राधा ज्ञवालीले पार्टीमा पद र कुर्सीका लागि मरिहत्ते गर्नेहरू मात्रै छुट्टिए गएका बताएकी छन् । शनिबार लुम्बिनी प्रदेशको जनसभा बुटवलमा सम्बोधन गर्दै नेतृ ज्ञवालीले अब केपी शर्मा ओली नेतृत्वको नेकपा एक ढिक्का भएर अगाडि बढ्ने बताएकी हुन् । 

उनले ओली नेतृत्वको नेकपालाई साथ र सहयोग गर्न रूपन्देहीवासीलाई आग्रह  गर्दै आगामी निर्वाचनबाट दुई तिहाइ मत प्राप्त हुने र सरकार बनाएर समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुने बताएकी हुन् ।