• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

लुम्बिनी प्रदेशका जनता कसको पक्षमा छन् देख्नु भो : मुख्यमन्त्री पोखरेल



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पा र रुकुममा चुनाव जितेर प्रचण्ड–माधव नेतृत्वको नेकपाले कम्युनिष्ट आन्दोलनको हित गर्न सक्दैन भन्ने प्रमाणित गर्ने बताउनुभएको छ ।  

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षका स्थायी कमिटी सदस्य समेत रहनुभएको मुख्यमन्त्री पोखरेलले जनयुद्धको थलोको रुपमा रहेको रोल्पा र रुकुममा बिजयको झण्डा फहराएर प्रचण्ड–माधवले नेतृत्व गरेको पार्टीले नेतृत्व गरेको पार्टीले कम्युनिष्ट आन्दोलनको हित गर्न नसक्ने प्रमाणित गर्ने दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो – ‘रोल्पा रुकुमलाई जनयुद्धको थलोका रुपमा कमरेड प्रचण्डले जे चाह्यो त्यहि हुने थलोको रुपमा चित्रण गर्ने गरिन्छ । तर आउनु चुनाव रोल्पा र रुकुममा केपी शर्मा ओलीको नेतृत्वमा विजयको झण्डा फहराउँदैछ भन्ने कुराको उद्घोष गर्न चाहान्छु । र त्यसका माध्यमबाट हामि प्रचण्ड र माधव कमरेडले नेतृत्व गरेको पार्टीले कम्युनिष्ट आन्दोलनको हित गर्न सक्दैन भन्नेकुरा हामि रोल्पा र रुकुमका माध्यमबाट प्रमाणित गर्ने योजनाका साथ अगाडी बढेको कुरा म तपाईहरुका बीचमा राख्न चाहान्छु ।’

मुख्यमन्त्री पोखरेलले प्रचण्ड माधव पक्ष चुनावबाट भागेको आरोप समेत लगाउनुभयो । प्रचण्डले माधव नेपालको ढाडमा टेकेर टाउकोमा हिर्काउन खोजेपनि भुइँमा पछारिएको उहाँको भनाई छ । प्रचण्डले एमालेको विभाजनबाट लाभ लिन खोजेपनि जनमतको भिख माग्नुपर्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो । प्रचण्डलाई जनयुद्धका कमाण्डरहरुले समेत साथ छोड्दै केपी शर्मा ओलीको नेतृत्वको पार्टीमा आएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘जनताबाट डराएर चुनावबाट भाग्न खोज्दै हुनुहुन्छ । सम्माननीय प्रधानमन्त्रीलाई आरोपित गर्दै हुनुहुन्छ । प्रथम अध्यक्षलाई आरोपित गर्दै हुनुहुन्छ ।कमरेड प्रचण्ड, जनयुद्धको समयमा उहाँको एउटा चर्चित भनाई थियो, ढाडमा टेकेर टाउकोमा हान्ने । पटक पटक उहााले ककसका ढाडमा टेक्नुभयो कस कसको टाउकोमा हिर्काउनुभयो त्यो इतिहासका कुरा भए तर पार्टी एकता पछाडी उहाँ माधव नेपालको ढाडमा टेकेर कमरेड केपी ओलीको टाउकोमा हिर्काउन खोज्नुभएको थियो । आज सडकमा पछारिनुभएको छ । बिलौनाका गितहरु गाउँदै हुनुहुन्छ र अब एमाले भित्रको विभाजनबाट लाभ लिन खोज्ने प्रचण्ड अब जनताको जनमतको भिख माग्नुपर्ने अवस्थामा पुग्नुभएको छ । अब कमरेड प्रचण्डका साथमा हिजोका जनयुद्धका कमाण्डरहरुले साथ छोड्दै हुनुहुन्छ । आज हामि फागुन १ गतेका दिन बुटवलमा भेला भएर जनमुक्ति सेनाका कमाण्डरहरुले घोषणा गर्नुभयो प्रचण्ड कामरेड दुई पटक तपाई प्रधानमन्त्री हुनुभयो । जसले तपाईलाई प्रचण्ड बनाए तपाईले उनीहरुलाई बिर्सिनुभयो । कमरेड केपी ओलीले हामिलाई सम्झनुभो । अब केपी ओलीको नेतृत्वमा हामि राष्ट्र बनाउने अभियानमा जुट्न चाहान्छौँ । कमरेड केपी ओलीको नेतृत्वमा हामि राष्ट्रिय स्वाधिनताको नेतृत्व गर्न चाहान्छौँ । कालापानी, लिम्पियाधुरा,लिपुलेक हामि नेपालको भुभागमा समेट्ने केपी ओलीको नेतृत्वमा साथमा जान चाहान्छौँ भन्नेकुराको उद्घोष गर्नुभएको छ ।’

मुख्यमन्त्री पोखरेलले कानुन र संविधानले केपी शर्मा ओली अध्यक्ष र विष्णु पौडेल महासचिव भएको पार्टी चिन्ने भएकोले यही पार्टी आधिकारिक रहेको दाबी गर्नुभयो । उहाँले संविधान कार्यान्वयनका सन्र्दभमा लुम्बिनीबाट सक्षम स्थानीय सरकार छ भनी शन्देश दिएको पनि बताउनुभयो । कानुन निर्माण, तथा अन्य संरचनाको निर्माणको दृष्टिले पनि लुम्बिनी सरकार अगाडी रहेको उहाँको भनाई छ । उहाँले कपिलवस्तु, लुम्बिनी र परासीलाई मुलुकको पर्यटकिय राजधानी बनाउने परिकल्पना गरिएको पनि जानकारी दिनुभयो ।