• २ श्रावण २०८१, बुधबार
  •      Wed Jul 17 2024
  •   Unicode
Logo
Latest
★   तनहुँको भादगाउँमा एक सातादेखि खानेपानी आपूर्ति बन्द ★   अण्डा उत्पादक ७५ प्रतिशत किसान विस्थापित ★   पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द अस्वस्थ ★   १३२ केभी बुर्तिबाङ ‘सवस्टेशन’ अन्तिम चरणमा ★   योगमाया जलसमाधि स्मृति दिवसः राष्ट्रिय विभूति बन्न नसकेकी योगमाया ★   बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन अनुरोध ★   कोपा फाइनलमा चोट बोकेका मेसीले इन्टर मियामीका दुई खेल गुमाउने ★   इरानद्वारा ट्रम्प हत्याको षड्यन्त्रमा संलग्न रहेको आरोप अस्वीकार ★   हार्दिक पाण्ड्याबाट टाढा हुँदैछन् अगस्त्य ? नतासाले घर छोडेर फ्लाइट समातिन् ★   न्युरोडमा फुटपाथ बढाउने काम फेरि अघि बढाइँदै

टाटाले एलिस पेरीलाई किन दियो फुटेको सिसा उपहार ?



एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरका स्टार अलराउन्डर एलिस पेरीलाई टाटाले विशेष उपहार दिएको छ ।

शुक्रबार आरसीबी र मुम्बईको खेलपछि कम्पनीले महिला क्रिकेटरलाई फुटेको सिसा दिएको थियो । यो त्यही सिसा हो जुन एलिस पेरीले आफ्नो विस्फोटक शटले फुटाइन् ।

वास्तवमा, वुमन्स प्रिमियर लिगको ११ औं खेलमा अष्ट्रेलियाका यी खेलाडीले स्टेडियममा पार्क गरिएको कारको सिसा फुटाएर शक्तिशाली छक्का हानेकी थिइन्, जुन देखेर सबै अचम्मित भएका थिए ।

महिला प्रिमियर लिगको दोस्रो सिजनमा एलिस पेरीको प्रदर्शन उत्कृष्ट रहेको छ । एमआईविरुद्धको एलिमिनेटर खेलमा ३३ वर्षीय खेलाडीले विस्फोटक प्रदर्शन गरेकी थिइन् ।

उनले आरसीबीका लागि आठ चौका र एक छक्काको मद्दतले ६६ रन बनाएकी थिइन् भने एक विकेट समेत लिइन् । । यो बलियो प्रदर्शनका लागि उनी प्लेयर अफ द म्याच अवार्ड समेत प्राप्त गरिन् । दोस्रो सिजनमा ३१२ रन बनाएर यी स्टार खेलाडी ओरेन्ज क्यापको दौडमा शीर्ष स्थानमा छिन् ।

स्मृति मन्धानाको नेतृत्वमा रहेको टोलीले गएराति मुम्बई इन्डियन्सलाई ५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । अब टोलीले अरुण जेटली स्टेडियममा मार्च १७ मा दिल्ली क्यापिटल्सको सामना गर्नेछ । दुई टोलीबीच कडा प्रतिस्पर्धा हुनेछ । आरसीबी पहिलो पटक वुमन्स प्रिमियर लिगको फाइनलमा पुगेको छ र उसको नजर उपाधिमाथि छ ।