• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने ★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय

श्रमिक अस्पताल निर्माणमा सरकार लाग्नुपर्ने



काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले श्रमिक अस्पताल निर्माणमा सरकार लाग्नुपर्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेस आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ र इनोभा अस्पतालबीच आज यहाँ आयोजित ‘स्वास्थ्य उपचार शुल्कसम्बन्धी दुईपक्षीय सम्झौता’ कार्यक्रममा उहाँले श्रमिकलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

“सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरीलगायत लक्षित वर्गका लागि अस्पताल निर्माण भए पनि श्रमिकका लागि अस्पताल नहुँदा श्रमिक समस्यामा परेका छन्, सरकारले श्रमिक अस्पताल निर्माणमा विशेष प्रयास गर्नुपर्छ,” उहाँले भन्नुभयो । योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट श्रमिक अस्पताल निर्माण गर्न सकिने उहाँले बताउनुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले सम्झौतालाई संयुक्त संयन्त्र बनाएर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले श्रमिकको सहजताका लागि ट्रेड युनियन कांग्रेसले राष्ट्रिय कोष खडा गरी श्रमिकको स्वास्थ्य उपचारमा सहयोग गर्दै आएको जानकारी दिनुभयोे ।

इनोभा अस्पतालमा उपचार गर्न जाने निर्माण तथा सम्बद्ध श्रमिक सङ्घका सदस्य र सङ्घमा आबद्ध श्रमिक परिवारका सदस्यलाई ४० प्रतिशत सहुलियत दिइनेछ ।

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घले यसअघि ‘निर्माण श्रमिक कल्याणकारी काष’ स्थापना गरी उक्त कोषबाट निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई उपचारमा आर्थिक सहयोग गर्दै आएको छ । रासस