• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

माओवादीद्वारा विधानलाई पूर्णता प्रदान



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी विधानलाई सम्पादनसहित पूर्णता दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले आवश्यक सम्पादनसहित विधानलाई पूर्णता दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकमा विधानलाई समृद्ध बनाउने सम्बन्धमा छलफल भएको थियो । माओवादीले विधान निर्माण गर्न गत फागुन १ गतेदेखि राजधानीमा प्रथम विधान सम्मेलन आयोजना गरेको थियो ।

बैठकले राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित हुनुभएका माओवादी स्थायी समिति सदस्य नारायण दाहालले पार्टीबाट दिनुभएको राजीनामा स्वीकृत गरेको उहाँले जानकारी दिनुभयो ।