• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध ★   सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने ★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा

भारतमा दुर्घटनामा परी नेपालीको मृत्यु



झापा । भारतको पश्चिम बङ्गालको सिलिगुडीस्थित रेल्वे स्टेसनमा दुर्घटनामा परी एक नपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका–५ का ५० वर्षीय विष्णु शर्मा रहेका छन् ।

सिलिगुडीबाट गलगलिया जाने क्रममा ‘कटिहार–सिलगुडी इन्टरसिटी एक्सप्रेस’ रेल चढ्दा बुधबार चिप्लिएर शर्मा घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा आज निधन भएको भद्रपुर मारवाडी सङ्घका अध्यक्ष अजय साहेवालाले जानकारी दिनुभयो ।

दुर्घटनामा सख्त घाइते भएका शर्मालाई भारतीय सुरक्षाकर्मीले उपचारका लागि नर्थ बङ्गाल अस्पताल पुर्‍याएका उहाँले बताउनुभयो । मृतक शर्मा भद्रपुर–५ स्थित लक्ष्मीनारायण मन्दिरमा पुजारी हुनुहुन्थ्यो । उनको शव कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउन लागिएको अध्यक्ष साहेवालाले बताउनुभयो । रासस