१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभ बच्चन अस्पताल भर्ना



अ+ अ-

एजेन्सी । बलिउड सुपरस्टार अमिताभ बच्चनको एन्जियोप्लास्टी गरिएको छ । ८१ वर्षीय ‘बिग बी’लाई शुक्रबार बिहान ६ बजे मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो ।

स्रोतका अनुसार अमिताभलाई बिहानै कडा सुरक्षाबीच अस्पताल ल्याइएको थियो ।

यसैबीच, अमिताभले एउटा ट्विट गरेका छन्, जसमा उनले लेखेका छन्– ‘तपाईप्रति सधैं आभारी छु ।’ उनको ट्विटबाट उनले शल्यक्रियापछि शुभचिन्तकहरुप्रति आभार व्यक्त गरेको अनुमान गरिएको छ ।

२०२२ मा ‘कौन बनेगा करोडपति १४’ को सुटिङका ​​क्रममा अमिताभ बच्चनको खुट्टाको नसा काटिएको थियो । सेटमा उनको मांसपेशीबाट धेरै रगत बगेको थियो, त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।

अमिताभले २०२० मा ट्वीट गरेर आफू कोभिडबाट संक्रमित भएको जानकारी दिएका थिए । उनका छोरा अभिषेक पनि कोरोना पोजेटिभ भएका थिए । बिग बी दुई महिनासम्म उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । यसपछि २०२२ मा पनि अमिताभ कोभिडबाट संक्रमित भए ।

सन् २०१८ को फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा एक एक्सन सीन गर्दा उनको काँधमा चोट लागेको थियो । यद्यपि यो चोट गम्भीर थिएन । उनलाई बडी डबल प्रयोग गर्न सल्लाह दिइएको थियो तर उनले दृश्य आफैं गर्ने निर्णय गरे ।

अमिताभसँग ४ ठूला फिल्म छन्, जसमार्फत उनीमाथि करिब १५५० करोड भारु लगानी गरिएको छ । उनी प्रभास, दीपिका पादुकोण र कमल हासनसँग फिल्म ‘कल्की २८९८ एडी’मा देखिनेछन् । योसँगै अमिताभ ३३ वर्षपछि रजनीकान्तसँग फिल्म ‘थलाइवर १७०’ मार्फत कमब्याक गर्दैछन् । रिपोर्टका अनुसार बिग बी फिल्ममा नेगेटिभ रोलमा देखिन सक्नेछन् । उनी फेरि एक पटक फिल्म ‘ब्रह्मास्त्र पार्ट २ देवमा गुरुजीको भूमिकामा देखिनेछन् ।