१२ श्रावण २०८३, मंगलवार
,
Latest
उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीष्म जोशीको म्युजिकल सर्ट फिल्म ‘समय र उमेर’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । विगत लामो समयदेखि नेपाली रंगमञ्च साहित्य र फिल्म क्षेत्रमा सक्रिय भीष्म जोशीले आफ्नै लेखन र निर्देशन रहेको म्युजिकल सर्ट फिल्म ‘समय र उमेर’ ल्याएका छन् ।

जोशीको आफ्नै प्रडक्सन ‘आर्ट घर’ मार्फत बिहीबार गीत सार्वजनिक गरिएको हो ।

म्युजिकल सर्ट फिल्म ‘समय र उमेर’ले उमेर बढेसँगै बालापनको प्रेम आउने परिवर्तन देखाउने प्रयास गरेको छ ।

भिडियोमा भीष्मसहित रिश्ता बस्नेत(अधिकारी), नेहा शाही र रविन्द्र थापाको अभिनय रहेको छ । भीष्मकै शब्द रहेको गीतमा सुविन सेञ्चुरी र समिक्षा दाहालको स्वर छ ।

सागर संसार राईले मिक्सिङ गरेको गीतमा गायक सेञ्चुरीले नै संगीत भरेका छन् । गीतको संगीत संयोजन पनि उनकै छ ।

माहोल स्टुडियोमा रेकर्ड गरिएको यस गीतको भिडियो सुजय गौतमले छायांकन र जेसन लोप्चनले सम्पादन गरेका हुन् ।