• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता: रमेशलाई स्वर्ण ★   गगनलाई गृहमन्त्री लामिछानेको चुनौतिः सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिनुस् राजनीति छोडिदिन्छु ★   उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल ★   दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश ★   बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान ★   वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत ★   सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ?

अनुशासन कायम राख्न निर्मम बन्नुस्– खेलकुदमन्त्री श्रेष्ठ



काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफू मातहतको निकाय राष्ट्रिय खेलकुद परिषद्(राखेप) लाई अनुशासन बनाइराख्न निर्मम हुन निर्देशन दिनुभएको छ । रोल…

राखेपले बोर्डका अध्यक्षसमेत रहनुभएका खेलकुदमन्त्रीको स्वागत र बधाई कार्यक्रममा उहाँले खेलकुदमा अनुशासन कायम राख्न निर्मम बन्न र पछि नहट्न निर्देशन दिनुभएको हो ।

त्रिपुरेश्वरस्थित राखेपमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले खेलकुद नै अनुशासनमा छैन भने त्यसको कुनै अर्थ नराख्ने उल्लेख गर्दै खेलकुदलाई सही बाटो ल्याउन ऐनमा रहेर निर्मम बन्नुपर्ने औंल्याउनु भएको हो । दशकौंसम्म निर्वाचन नगर्ने र ऐन पालना नगर्ने खेल संंघलाई सही बाटोमा ल्याउन ऐनमा रहेर कारबाही गर्न निर्देशन दिनुभयो । देशले उच्चतम राजनीति व्यवस्थामा काम गरिरहेको अवस्थामा खेल संघ र खेल व्यक्तित्वहरू सामन्ती सोचमा काम गरिरहेको भए कारबाही गर्न डराउनु नहुने बताउनु भयो । सामावेसिता र सहभागीका लागि भएका आन्दोलनलाई स्थापित गर्न नसक्ने खालका गतिविधि स्वीकार्य नहुने उहाँको भनाइ छ । सम्भावनाका आधारमा खेल संघहरूलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्ने अवस्थामा राज्य रहेको उहाँको भनाइ छ । खेलका इतिहास, सफलता र उपलब्धिका आधारमा मात्र लगानी गरिने बताउनु भयो । मन्त्री श्रेष्ठले उपलब्धि भएका र नभएकालाई एउटै आँखाले हेर्न नसकिने बताउनु भयो । उहाँले सबै एकैपटक सफल हुने वातावरण सिर्जना गर्न सबैले एक भएर प्रयास गर्नुपर्ने बताउनु भयो । नतिजा आए मात्र राज्यले गरेको खर्चको प्रमाणिकरण हुने उहाँले बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् राखेपका उपाध्यक्ष शिव कोईरालाले बधाई तथा स्वागत गरेका थिए । सो अवसरमा उपाध्यक्ष कोईरालाले सबैले देखेका सपना पूरा गर्न मन्त्रालयसँगको सहकार्यमा सफल हुने धारणा राख्नुभयो । उहाँले नीति कार्यान्वयन गर्ने सबालमा आफ्ना, परका वा पृष्ठभुमिका आधार मानेर छुट्याउने प्रयास नभए सफलता मिल्ने बताउनु भयो । नीति कार्यान्वयन गर्ने सबालमा आफ्ना मान्छे पनि पर्नसक्ने भन्दै मन्त्री श्रेष्ठलाई सचेत गराउनु भयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले परिषद्का संरचनाका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ जारी भएसँगै खेलकुद नियमावाली, २०७९ जारी भइसकेको उल्लेख गर्नुभयो । उहाँले कर्मचारी सेवाशर्त विनियमावली र आर्थिक प्रशासन विनियमावलीको अन्तिम तयारीमा रहेको बताउनु भयो ।

राष्ट्रिय खेलकुद परिषद्ले नवनियुक्त मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गर्न कार्यक्रम आयोजना गरेको हो । —न्युज एजेन्सी नेपाल