२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावित क्षेत्रबाट बालबालिका लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह मधेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश सुदूरपश्चिममा मानवअधिकार संरक्षणमा बहुआयामिक चुनौती गुल्मीमा ३८ जातका कफीको परीक्षण कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना विस्थापित बालबालिकालाई विद्यालय शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार भोटेकोशी बाढी उद्धारमा चीनले दिएको भारी क्षमताका ड्रोन परिचालन बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ?



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सचिव जय शाहले आईपीएलमा इम्प्याक्ट प्लेयरको नियमलाई प्रयोगका रूपमा लागू गरिएको र सबै फ्रेन्चाइजीले चाहेमा त्यसमा पुनर्विचार गर्न सकिने बताएका छन् ।

इम्प्याक्ट प्लेयर नियमका कारण यस पटकको आईपीएलमा आठ पटकको स्कोर २५० भन्दा बढी थियो । खेलाडी, प्रशिक्षक र विज्ञहरूले पनि यो नियमले टोलीलाई अतिरिक्त ब्याट्सम्यान दिने भएकाले बलरमा प्रतिकूल असर परेको बताएका छन् ।

भारतीय कप्तान रोहित शर्माले पनि यही नियमका कारण अलराउन्डरले बलिङ गर्ने मौका नपाएको बताएका थिए । शाहले भने– ‘इम्प्याक्ट प्लेयरको नियम प्रयोगका रूपमा लागू गरिएको हो । तर, यसले दुई भारतीय खेलाडीलाई खेल्ने थप अवसर दिएको छ । यो महत्त्वपूर्ण छैन ? खेल पनि प्रतिस्पर्धात्मक बन्दै गएको छ ।’

शाहले टी–२० विश्वकपपछि सबै दलको बैठक र छलफल गर्ने बताए । उनले भने, ‘यदि खेलाडी र फ्रेन्चाइजलाई यो ठीक छैन भन्ने लाग्छ भने हामी यसबारे कुरा गर्नेछौँ । अहिलेसम्म कसैले यस्तो कुरा भनेका छैनन् । आईपीएल र टी–२० विश्वकपपछिको बैठकले निर्णय गर्नेछ ।’

उनले भने– ‘यो स्थायी नियम होइन र यसलाई खारेज गर्छौं भनेर पनि मैले भनेको छैन । टी–२० विश्वकप खेल्न जाने भारतीय खेलाडीलाई म्याच अभ्यास नै उत्कृष्ट तयारी भएकाले आरामको आवश्यकता छैन ।’

उनले थप भने – आरामको आवश्यकता के हो ? यो त अभ्यास सत्र जस्तै हो । यो भन्दा राम्रो तयारी के हुन सक्छ ? तपाईको अगाडि एउटा उत्कृष्ट टोली छ जसमा एक बलर न्युजिल्याण्डका छन्, एक अष्ट्रेलियाका छन् र एक श्रीलंकाका छन् । यदि हामीले बलरलाई आराम दिएमा उसले ट्राभिस हेडलाई बलिङ गर्ने मौका पाउने छैन । जसप्रित बुमराहले उनलाई बलिङ गरेपछि मात्र उनले बलिङ गर्ने तरिका बुझ्नेछन् ।’

महिला क्रिकेटको प्रवद्र्धनका लागि खेल संख्या बढाउन पनि बोर्ड केन्द्रित रहेको शाहले बताए । उनले भने, ‘महिला क्रिकेटलाई पनि पुरुष क्रिकेटजस्तै हेरचाह भइरहेको छ । विश्वकप बंगलादेशमा हुने भएको छ र हामी द्विपक्षीय शृंखला पनि खेलिरहेका छौं ।’