• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल



काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग निलहिरा समाजका प्रतिनिधिले छलफल गरेका छन् ।

लैंगिक अल्पङ्ख्यकले नागरिकता पाउनका लागि झेल्नुपरेको समस्याबारे उनीहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै स्वअनुभूतिका आधारमा नागरिकता पाउने व्यवस्था गर्न माग गरेका छन् ।

साथै, सुरक्षा निकाय (प्रहरी र सशस्त्र प्रहरी)मा लैंगिक तथा यौनिक अल्पङ्ख्यकले पनि सहभागिता जनाउन पाउने व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

सो अवसरमा गृहमन्त्री लामिछानेले भने – ‘यो समाजमा मेरो जति अधिकार छ तपाईंहरुको पनि त्यति नै छ । हरेक व्यक्तिले आफ्नो अधिकार निर्वाध प्रयोग गर्न पाउनु पर्छ भन्नेमा सचेत छु । सरकार पनि सचेत छ। जुन समाजमा लैंगिक अल्पसङ्ख्यकको सम्मान हुँदैन त्यो समाज बस्नयोग्य हुँदैन ।’

उनले अगाडि भने – हामी नागरिकता कार्याविधिमा छलफल गर्ने तयारीमा छौं । उक्त छलफलमा तपाईंहरुलाई पनि निमन्त्रणा गर्छौं । तपाईंहरुका समस्या तपाईंहरुकै प्रतिनिधिबाट सुनेर सरकारले आगामी योजना बनाउनेछ ।’