१८ भाद्र २०८३, बिहीबार
,
Latest
जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह मन्त्रिपरिषद् बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल



अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग निलहिरा समाजका प्रतिनिधिले छलफल गरेका छन् ।

लैंगिक अल्पङ्ख्यकले नागरिकता पाउनका लागि झेल्नुपरेको समस्याबारे उनीहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै स्वअनुभूतिका आधारमा नागरिकता पाउने व्यवस्था गर्न माग गरेका छन् ।

साथै, सुरक्षा निकाय (प्रहरी र सशस्त्र प्रहरी)मा लैंगिक तथा यौनिक अल्पङ्ख्यकले पनि सहभागिता जनाउन पाउने व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

सो अवसरमा गृहमन्त्री लामिछानेले भने – ‘यो समाजमा मेरो जति अधिकार छ तपाईंहरुको पनि त्यति नै छ । हरेक व्यक्तिले आफ्नो अधिकार निर्वाध प्रयोग गर्न पाउनु पर्छ भन्नेमा सचेत छु । सरकार पनि सचेत छ। जुन समाजमा लैंगिक अल्पसङ्ख्यकको सम्मान हुँदैन त्यो समाज बस्नयोग्य हुँदैन ।’

उनले अगाडि भने – हामी नागरिकता कार्याविधिमा छलफल गर्ने तयारीमा छौं । उक्त छलफलमा तपाईंहरुलाई पनि निमन्त्रणा गर्छौं । तपाईंहरुका समस्या तपाईंहरुकै प्रतिनिधिबाट सुनेर सरकारले आगामी योजना बनाउनेछ ।’