११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

न्यून रकमले धान्दै विद्यालयमा दिवा खाजा

न्यून रकमले धान्दै विद्यालयमा दिवा खाजा
अ अ+ अ-

टीकापुर । कैलालीको एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्रा सम्झना परियार बिहान ७ बजे घरमा रोटी खाएर विद्यालय आउनुहुन्छ । सम्झनाको आमा हुनुहुन्न, बुवा रोजगारीका लागि भारत गएकाले घरमा दुई दिदीबहिनी मात्र छन् । उहाँका लागि विद्यालयमा दिउँसो दिइने खाजा खाना सरह हो ।

“घरमा दुई दिदीबहिनी छौँ, दिदीले बिहान रोटी पकाउनुहुन्छ, त्यही रोटी खाएर विद्यालय आउँछौँ”, उहाँले भन्नुभयो, “दिउँसो स्कुलमा कतिखेर खाजा पाइएलाजस्तो हुन्छ, भोक लागेको खाजाले राहत मिल्छ ।”

अर्का छात्रा सिमरन चौधरी पनि बिहान बाबाआमासँगै खाना खाएर विद्यालय आउने गर्नुहुन्छ । “बुबाआमा काममा जानुअघि सँगै खाना खान्छौँ, बिहानै खाना खाने हुँदा दिउँसोसम्म भोक लागेको हुन्छ”, चौधरीले भन्नुभयो, “दिउँसो विद्यालयमा खाजा नपाइने भए भोक मेटाउन गाह्रो हुने थियो । जे मिल्छ त्यही खान्छौँ ।”

छात्रा मार्थुन डगौराका बुवाआमा पनि ज्यालादारीको काम गर्नुहुन्छ । बुवाआमा काममा जाँदा बिहान ८ बजे नै खाना खाएर विद्यालय हिँड्नुपर्छ । डगौरालाई पनि दिउँसोको खाजाले भोक मेट्न सहयोग मिलेको छ ।

सामुदायिक विद्यालयमा बाल विकासदेखि कक्षा पाँच सम्म अध्ययनरत अधिकांश बालबालिकाको अवस्था सम्झना, सिमरन र मार्थुनको जस्तै छ । शक्तिदेवी आधारभूत विद्यालयका छात्र युवराज चौधरी विगतमा खाजा नपाउँदा चाउचाउ, बिस्कुट खाजाका रूपमा ल्याउने गर्नुहुन्थ्यो । “विद्यालयमा चना, सर्वोत्तम लिटो, हलुवा, फलफूल, जाउलो, कुखुराको अण्डालगायतका खानेकुरा खान दिइन्छ”, चौधरीले भन्नुभयो , “थोरै भए पनि खान पाइएको छ ।”

शक्तिदेवी आधारभूत विद्यालयका शिक्षक कल्पना खड्का खाजा कार्यक्रमले बालबालिकालाई विद्यालयमा नियमित उपस्थिति हुन र बालबालिकालाई हुने भोकमा कमी ल्याउन सहयोग मिलेको बताउनुभयो । “यहाँ आउने बालबालिका विपन्न परिवारका छन्, अधिकांशका अभिभावक ज्यालादारी गर्ने, घरमा नभएका छन्”, उहाँले भन्नुभयो, “विद्यालयको खाजाले भोक मेट्न सहयोग पुगेको छ । भोको पेटले पढाइमा रुचि हुँदैन । खाजा खाएपछि उनीहरूको पढाइमा रुचि बढ्छ ।”

खाजा कार्यक्रमले विद्यालयमा बालबालिकाको भोक मेट्न र विद्यालय आधा पढेर छोड्ने दर घटाउन सहयोग भएको कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माले बताउनुभयो । “हाम्रो विद्यालयमा चार सय विद्यार्थी छन्, विगतमा भोकाएका विद्यार्थी कक्षा छोडेर भाग्थे, कक्षा छोड्ने दर घटेको छ”, उहाँले भन्नुभयो, “तर प्रतिविद्यार्थी रु १५ मात्र सरकारले दिने भएकाले खाजा व्यवस्थापन गर्न विद्यालयलाई निकै गाह्रो छ । यसले पोषणका दृष्टिले पर्याप्त खाजा खुवाउन कठिनाइ भइरहेको छ ।”

नेपाल सरकारले आव २०७७/०७८ देखि विद्यालयमा बालविकास देखि कक्षा पाँच सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सुरु गरेको हो । बालबालिकाको वृत्ति विकासमा सहयोग गर्ने र विद्यालय शिक्षामा भर्नादर अभिवृद्धि हुने, विद्यालय छाड्ने दर घट्ने, र सिकाइ उपलब्धि बढ्ने विश्वास गरी सुरु गरिएको खाजा कार्यक्रम प्रभावकारी भए पनि पोषणका दृष्टिले पर्याप्त हुन सकेको छैन ।

सरकारले विद्यालयलाई पोषण मापदण्ड तथा स्थानीय परिवेश, संस्कृति र प्रचलनलाई आधार बनाएर स्थानीयस्तरमा उत्पादन हुने खाद्य सामग्री प्रयोग गरी दैनिक परिकारको सूची बनाएर विद्यालय दिवा खाजामा समावेश गरेको छ ।

टीकापुर नगरपालिकामा मात्र दिवा खाजा खाने विद्यार्थी पाँच हजार एक सय ३७ छन् । कतिपय विद्यालयमा पाँच सय बढी बालबालिकालाई एकैपटक खाजा पकाउनुपर्ने हुन्छ । दिवा खाजा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको महत्वपुर्ण पाटो हो तर न्यून मूल्यमा बालबालिकालाई आवश्यक पोषणयुक्त खाना खुवाउन समस्या रहेको टीकापुरका शिक्षा अधिकृत नरेश अवस्थीले बताउनुभयो ।

“रकम थोरै छ । खाजा खुवाउन अधिकांश विद्यालयमा भान्सा छैन, पकाउने जनशक्तिको समस्या छ”, उहाँले भन्नुभयो, “सामूहिक रूपमा खुवाउने भएकाले व्यवस्थापन भइरहेको छ । हामीले गुणस्तर सुधारका लागि अनुगमन गरिरहेका छौँ । रकम वृद्धिका लागि माग गर्दै आएका छौँ ।”

दिवा खाजाका लागि सरकारले दिने रु १५ मात्रले पोषणयुक्त खाजा खुवाउन नपुगेको भन्दै पालिकाले रु १५ थप गर्ने गरी छलफल भइरहेको टीकापुर नगरपालिका(४का वडाध्यक्ष लालविर चौधरीले बताउनुभयो ।

“आगामी नगरसभाबाट स्वीकृत गर्ने तयारी थालेका छौँ, रु १५ सङ्घीय सरकार र रु १५ स्थानीय सरकारले थपेर पोषणयुक्त खाजा खुवाउनुपर्छ भनेका छौँ”, उहाँले भन्नुभयो, “बालबालिकाको पोषण र स्वास्थ्यका कुरामा सबै जिम्मेवार छौँ ।” रासस