२३ जेष्ठ २०८३, शनिबार
,
Latest
औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुशासन कायम राख्न निर्मम बन्नुस्– खेलकुदमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफू मातहतको निकाय राष्ट्रिय खेलकुद परिषद्(राखेप) लाई अनुशासन बनाइराख्न निर्मम हुन निर्देशन दिनुभएको छ । रोल…

राखेपले बोर्डका अध्यक्षसमेत रहनुभएका खेलकुदमन्त्रीको स्वागत र बधाई कार्यक्रममा उहाँले खेलकुदमा अनुशासन कायम राख्न निर्मम बन्न र पछि नहट्न निर्देशन दिनुभएको हो ।

त्रिपुरेश्वरस्थित राखेपमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले खेलकुद नै अनुशासनमा छैन भने त्यसको कुनै अर्थ नराख्ने उल्लेख गर्दै खेलकुदलाई सही बाटो ल्याउन ऐनमा रहेर निर्मम बन्नुपर्ने औंल्याउनु भएको हो । दशकौंसम्म निर्वाचन नगर्ने र ऐन पालना नगर्ने खेल संंघलाई सही बाटोमा ल्याउन ऐनमा रहेर कारबाही गर्न निर्देशन दिनुभयो । देशले उच्चतम राजनीति व्यवस्थामा काम गरिरहेको अवस्थामा खेल संघ र खेल व्यक्तित्वहरू सामन्ती सोचमा काम गरिरहेको भए कारबाही गर्न डराउनु नहुने बताउनु भयो । सामावेसिता र सहभागीका लागि भएका आन्दोलनलाई स्थापित गर्न नसक्ने खालका गतिविधि स्वीकार्य नहुने उहाँको भनाइ छ । सम्भावनाका आधारमा खेल संघहरूलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्ने अवस्थामा राज्य रहेको उहाँको भनाइ छ । खेलका इतिहास, सफलता र उपलब्धिका आधारमा मात्र लगानी गरिने बताउनु भयो । मन्त्री श्रेष्ठले उपलब्धि भएका र नभएकालाई एउटै आँखाले हेर्न नसकिने बताउनु भयो । उहाँले सबै एकैपटक सफल हुने वातावरण सिर्जना गर्न सबैले एक भएर प्रयास गर्नुपर्ने बताउनु भयो । नतिजा आए मात्र राज्यले गरेको खर्चको प्रमाणिकरण हुने उहाँले बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् राखेपका उपाध्यक्ष शिव कोईरालाले बधाई तथा स्वागत गरेका थिए । सो अवसरमा उपाध्यक्ष कोईरालाले सबैले देखेका सपना पूरा गर्न मन्त्रालयसँगको सहकार्यमा सफल हुने धारणा राख्नुभयो । उहाँले नीति कार्यान्वयन गर्ने सबालमा आफ्ना, परका वा पृष्ठभुमिका आधार मानेर छुट्याउने प्रयास नभए सफलता मिल्ने बताउनु भयो । नीति कार्यान्वयन गर्ने सबालमा आफ्ना मान्छे पनि पर्नसक्ने भन्दै मन्त्री श्रेष्ठलाई सचेत गराउनु भयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले परिषद्का संरचनाका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ जारी भएसँगै खेलकुद नियमावाली, २०७९ जारी भइसकेको उल्लेख गर्नुभयो । उहाँले कर्मचारी सेवाशर्त विनियमावली र आर्थिक प्रशासन विनियमावलीको अन्तिम तयारीमा रहेको बताउनु भयो ।

राष्ट्रिय खेलकुद परिषद्ले नवनियुक्त मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गर्न कार्यक्रम आयोजना गरेको हो । —न्युज एजेन्सी नेपाल