२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा खेलकुद अभिमुखीकरण सुरु



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा गण्डकी प्रदेशको खेलकुद अभिमुखीकरण कार्यक्रम आइतबारदेखि पोखरामा सुरु भएको छ ।

अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन, अन्तर्राष्ट्रिय पदक विजेता, भेट्रान खेलाडी र स्थानिय खेल संघका प्रतिनिधि गरी जम्मा १ सय ४९ जनाको सहभागिता रहेको छ ।

दुईदिने कार्यक्रमको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । उक्त अवसर युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव भक्तबहादुर ढकाल, राखेपका सदस्यत्रय राजेश गुरुङ, सम्पन्न श्रेष्ठ र रेणुका श्रेष्ठ, प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण केन्द्रका निर्देशक अर्जुन विकलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको पहिलो दिन सदस्य–सचिव सिलवालले स्पोर्ट्स म्यानेजमेन्ट, डा. ज्ञानेन्द्रविक्रम शाहले स्पोर्ट्स मेडिसिन, १० औं सागअन्तर्गत करातेतर्फ एकल काताकी स्वर्णधारी सुलोचना सिजख्वाले स्पोर्ट्स साइकोलोजी, रमन नेपालीले स्पोर्ट्स मोटिभेसन, राजेन्द्ररत्न तुलाधरले कन्डिसनिङ एन्ड फिट्नेस र सकुना देवीले मेन्टल ट्रेनिङ एन्ड स्पोर्ट्स पर्फमेन्स बारे जानकारी दिएका थिए ।

प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम पोखराको अन्तिम कार्यक्रम हो । बाँकी छ प्रदेशको खेलकुद अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ ।