४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पोखरामा खेलकुद अभिमुखीकरण सुरु

पोखरामा खेलकुद अभिमुखीकरण सुरु
अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा गण्डकी प्रदेशको खेलकुद अभिमुखीकरण कार्यक्रम आइतबारदेखि पोखरामा सुरु भएको छ ।

अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन, अन्तर्राष्ट्रिय पदक विजेता, भेट्रान खेलाडी र स्थानिय खेल संघका प्रतिनिधि गरी जम्मा १ सय ४९ जनाको सहभागिता रहेको छ ।

दुईदिने कार्यक्रमको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । उक्त अवसर युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव भक्तबहादुर ढकाल, राखेपका सदस्यत्रय राजेश गुरुङ, सम्पन्न श्रेष्ठ र रेणुका श्रेष्ठ, प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण केन्द्रका निर्देशक अर्जुन विकलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको पहिलो दिन सदस्य–सचिव सिलवालले स्पोर्ट्स म्यानेजमेन्ट, डा. ज्ञानेन्द्रविक्रम शाहले स्पोर्ट्स मेडिसिन, १० औं सागअन्तर्गत करातेतर्फ एकल काताकी स्वर्णधारी सुलोचना सिजख्वाले स्पोर्ट्स साइकोलोजी, रमन नेपालीले स्पोर्ट्स मोटिभेसन, राजेन्द्ररत्न तुलाधरले कन्डिसनिङ एन्ड फिट्नेस र सकुना देवीले मेन्टल ट्रेनिङ एन्ड स्पोर्ट्स पर्फमेन्स बारे जानकारी दिएका थिए ।

प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम पोखराको अन्तिम कार्यक्रम हो । बाँकी छ प्रदेशको खेलकुद अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ ।