२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस : जनजाति सङ्घका सभापतिले दिए राजीनामा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति सङ्घका सभापति इन्द्रबहादुर गुरुङले राजीनामा दिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवासमक्ष उहाँले राजीनामा बुझाउनुभएको हो । नेपाल गणतन्त्रमा प्रवेश गरेसँगै संशोधन गरिएको सङ्घको विधान चार वर्षसम्म पनि पार्टीको केन्द्रीय कार्यसमितिबाट स्वीकृत हुन नसक्दा सङ्घको महाधिवेशन गर्न नसकेको भन्दै उहाँले राजीनामा दिनुभएको हो ।

त्यस्तै पार्टी सभापति देउवालाई सम्बोधन गरी बुझाएको राजीनामा पत्रमा विसं २०७५ वैशाख २० गते आदिवासी जनजातिहरुको सांस्कृति चाड पर्वहरुको सार्वजनिक बिदा केपी ओली सरकारले खारेज गरेको अवस्थामा ती बिदालाई यथावत राख्न पार्टी सभापतिलाई ज्ञापनपत्र बुझाउँदा पनि उहाँले संसद्मा यससम्बन्धमा केही नबोल्दा मौन समर्थन गरेको जस्तो देखिएको उल्लेख गर्नुभएको छ ।

पार्टीको १४ औँ महाधिवेशनमा भ्रातृ संस्थाहरुले पाउने महाधिवेशन प्रतिनिधिसमेत सङ्घले नपाएको उहाँले गुनासो गर्नुभएको छ । उहाँले यही माघ ११ गते बुझाउनुभएको राजीनामा पत्रमा सङ्घको सभापतिका साथै पार्टीको क्रियाशील सदस्यबाट समेत राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।