२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री अस्थिरताको पक्षमा हुनुहुन्छः प्रदीप पौडेल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाले एक वर्षभित्र तेस्रो पटक विश्वासको मत लिएर अस्थिरता देखाएको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सांसद पौडेलले प्रधानमन्त्री अस्थिर भएको बताउनुभएको हो । उहाँले एक वर्षमा तीन पटक विश्वासको मत लिएर प्रधानमन्त्री अस्थिरताको पक्षपाति भएको बताउनु भयो । उहाँले गठबन्धनहरु प्रधानमन्त्रीको कारण नभइ अरुको कारणले टुट्नुपर्ने भएपनि नेपालमा भने प्रधानमन्त्रीकै कारण गठबन्धनहरु टुट्ने गरेको बताउनु भयो । उहाँले वर्तमान सत्तारुढ गठबन्धन पनि धेरै समय स्थिर नहुने बताउनु भयो । उहाँले यस प्रकारले सरकार बन्ने र भत्किने प्रक्रियाले देशलाई स्थिरता नदिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीज्यूले एक वर्षभित्र तेस्रो पटक विश्वासको मत लिनुभएको छ । एक वर्षमै तीन पटक विश्वासको मत लिनुपर्ने भएपछि प्रधानमन्त्री नै स्थिर भएको देखिएन । अस्थिरताको पक्षपाति नै प्रधानमन्त्री हुनुभएको जस्तो देखिएको छ । र गठबन्धनको नेतृत्व गर्ने सन्दर्भमा प्रधानमन्त्री सफल देखिनु भएको छैन । खासगरी के हुन्छ भने गठबन्धनमा नेतृत्व गरेको दलले अथवा प्रधानमन्त्रीको कारणले गठबन्धन टुट्दैन । गठबन्धनमा आवद्ध अरुको कारणले गठबन्धन टुट्ने गर्छ । तर अहिले र यो भन्दा अगाडी के भएको छ भने प्रधानमन्त्री जो सरकारको नेतृत्व गर्नुहुन्छ, गठबन्धनको नेतृत्व गर्नुहुन्छ, उहाँकै कारणले गठबन्धन पटक–पटक तोडिएको छ । भत्किएको छ ।

त्यसकारण यो धेरै स्थिर हुन्छ भन्ने मलाई लाग्दैन । सरकार बन्ने, भत्किने जुन खालको प्रक्रिया छ यसले देशलाई स्थिरता दिदैनँ । हामीले यो संविधानलाई बचाउन, समृद्धि ल्याउन सक्दैनौँ । त्यसकारण हाम्रो शुभकामना के हो भने पुष्पकमल दाहालले अहिले जुन विश्वासको मत प्राप्त गर्नुभएको छ, अरुले भत्काउने कोसिस गरेपनि उहाँले गठबन्धनको नेतृत्व इमान्दारीपूर्वक गरेर आफुलाई टिकाउने कोशिस गर्नुस् । त्यसमा हाम्रो शुभकामना छ । अब यो भत्किने प्रयास त भइ नै रहन्छ ।’

सांसद पौडेलले वर्तमान गठबन्धनको नेतृत्व इमान्दारीपूर्वक गरेर आफूलाई टिकाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।