काठमाडौँ । अभिनेता सलोन बस्नेत र उनकी पत्नी करिश्मा सन्तानलाई स्वागत गर्न आतुर छन् ।
यसैबीच यो जोडीले ‘प्रेग्नेन्सी’ फोटोसुट गरेका छन् । सलोनले सामाजिक सञ्जालमार्फत उक्त तस्बिर सार्वजनिक गरेका छन् ।
चिकित्सकले वैशाख २७ गतेलाई डेलिभरी डेट तोकेको सलोन बताउँछन् ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले गत वर्षको मंसिरमा लगनगाँठो कसेका थिए ।