२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुट्टाका रेखाले अब थाहापाउनुस् तपाईको स्वभाव !



अ+ अ-

एजेन्सी । हातको रेखामा हेरेर मानिसको भविष्यवाणि गर्ने कुरा सबैलाई थाहा भएकै विषय हो । ज्योतिषहरुका अनुसार हातमा भविष्य बताउने रेखाहरु हुन्छन् । हातको रेखा जस्तै खुट्टाका रेखाले पनि मानिसको स्वभाव र भाग्य विश्लेषण गर्ने समुन्द्र शास्त्रमा उल्लेख छ । पैतालामा कस्तो चिन्ह, बनोट वा रेखा भए मानिसको स्वभाव कस्तो रहन्छ रु यति मात्र होइन, शरीरका विभिन्न भागका चिन्ह, बनौट र रेखाका आधारमा मानिसको भाग्य र स्वभाव निर्धारण गर्ने समेत उनीहरु बताउँछन् ।

१) शास्त्र अनुसार खुट्टाको कान्छी औंलाको फेंदमा माथितिर गएको रेखा छ भने त्यस्ता व्यक्तिहरु भोगी र विलाशी हुन्छन् । उनीहरु भाग्यमानी, प्रतिष्ठित र धनी समेत हुने योग हुन्छ ।

२) यदि कुनै व्यक्तिको पैतालाको मध्य भागमा वृत्त अर्थात गोलो आकृति छ भने यस्ता व्यक्ति धनी हुने योग हुन्छ । उनीहरुले धन कमाउन धेरै मेहनत गर्नुपर्दैन ।

३) यदि कसैको पैतालमा त्रिशुलको चिन्ह छ भने, ति व्यक्ति निक्कै भाग्यशाली हुन्छन् । उनीहरुले उच्च पदको सरकारी जागिर वा पदवी पाउने योग हुन्छ ।

४) यदि कसैको पैतालाको बुढी औंलाको फेंदमा स्वस्तिक चिन्ह हुन्छ भने त्यस्ता व्यक्ति महामानव हुन्छन् । यस्ता व्यक्तिलाई विश्वले चिन्छ ।

५) जसको पैतालामा मध्य भागमा अर्धचन्द्राकर रेखा छ भने यस्ता व्यक्ति धनी हुने तर धनलाई महत्व नदिने हुन्छन् ।

६) यदि पैतालामा दुई धर्का जोडिएर क्रस भएको छैन भने ति व्यक्तिहरु भाग्यशाली हुने योग हुन्छ । यस्ता व्यक्तिले ब्यापार-व्यवसाय गरेमा सफलता पाउने योग हुन्छ ।