१२ श्रावण २०८३, मंगलवार
,
Latest
उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाधिका लागि नेपाल र पीएनजी भिड्दै



Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.
अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ ।

खेल बिहान ११ः४५ बजे हङकङको मिसन रोड ग्राउन्डमा हुनेछ । नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । खेल रद्द भएपछि नेपाल र हङकङले एकरएक अंक बाँडेका थिए ।

मंगलबार पीएनजीलाई ८५ रनले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । यस्तै पीएनजीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनल पुगेको हो ।

रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिममा कुशल भुर्तेल, बिनोद भण्डारी, गुलशन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहरा रहेका छन् ।