३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगलाई निर्वाचन कार्यतालिका सार्वजनिक गर्न देउवाको माग



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले तोकेको निर्वाचन नजिकिँदा पनि आयोगले कार्यतालिका सार्वजनिक नगरेकोमा शंका व्यक्त गरेका छन्।

सोमबार कांग्रेस रुपन्देहीले भैरहवामा गरेको विरोध सभालाई सम्बोधन गर्दै देउवाले निर्वाचनको मिति नजिकिँदा पनि आयोगले कार्यतालिका सार्वजनिक नगर्नु शंकास्पद विषय भएको बताएका हुन् । 

देउवाले भने, 'ओलीले संसद विघटन गरेको छ। संसद विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ। तर निर्वाचन आयोगले अझै किन कार्यतालिका ल्याउँदैन ?'

आयोगले जेठको अन्त्यसम्म चुनाव गराउनैपर्ने बाध्यता रहेकाले चाँडो कार्यतालिका ल्याउनुपर्ने देउवाले बताए। 'जेठको अन्त्यसम्म चुनाव गर्नैपर्छ। तर निर्वाचन आयोग चुनाव गराउँछु भनेर बोलेकै छैन। बदमासी गर्न सक्छ आयोगले,' उनको प्रश्न थियो, 'किन बोल्दैन निर्वाचन आयोग ? म यहीबाट भन्न चाहन्छु। ओलीले वैशाखसम्म चुनाव गराउँछु गराउँछु भनेको छ। निर्वाचन आयोगले किन बोल्दैन। शंका गर्नुपर्ने बेला भएको छ।'

प्रतिनिधि सभा विघटन असंवैधानिक कदम भए पनि आजको विरोध सभामा देउवाले यस विषयमा अदालतको विचाराधीन मुद्दा भएकाले बोल्न नमिल्ने बताएका छन् । 'अदालतको विचाराधीन मुद्दामा यसो गर उसो गर भन्न मिल्दैन नि। अदालतको निर्णय हुन दिउँ।' देउवाले अदालतले न्याय नदिए त्यो भन्दा ठूलो अदालत जनता भएको बताए।