१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनैबेला आईपीएलमा तहल्का पिट्ने यी खेलाडीहरु जो अहिले गुमनाम छन्



अ+ अ-

एजेन्सी । आईपीएलमा खेल्ने कुनै पनि खेलाडीले पैसासँगै नाम पनि कमाउँछन् । तर हरेक खेलाडीले आफ्नो नाम कायम राख्न सक्दैनन् । त्यहाँ धेरै खेलाडीहरू छन् जसले पहिले धेरै प्रसिद्धि कमाउँछन् र त्यसपछि अचानक गायब हुन्छन् ।

यस्ता खेलाडीलाई जनताले बिर्सन्छन् । हामी तपाईंलाई केही यस्ता खेलाडीहरूसँग परिचय गराउँदैछौं, जो कुनै समय आईपीएलका नायक थिए तर अहिले गुमनामको जीवन बिताइरहेका छन् ।

१. पल भल्थाटी


पञ्जाव किंग्सका लागि ओपनर रहेका पल भल्थाटीले आफ्नो एक इनिङले चर्चा बनाएका थिए । पञ्जावका ब्याट्सम्यानले चेन्नईविरुद्ध ६३ बलमा १२० रनको आँधीबेहरी इनिङ खेलेका थिए । तर केही समयमै उनी गुमनाम भए । मिडिया रिपोर्टका अनुसार भल्थाटी अहिले एयर इन्डियामा काम गर्छन् र उनीहरुको टोलीका लागि खेल्छन् ।

२. कामरान खान


अष्ट्रेलियाका पूर्व लिजेण्ड शेन वार्नले राजस्थान रोयल्सबाट खेल्ने फास्ट बलर कामरान खानलाई निकै राम्रो मानेका छन् । कामरानले आईपीएलको पहिलो सुपर ओभर बलिङ गरे र उनको टोलीले जित्यो । तर त्यसपछि कामरानको बलिङ एक्सन शंकास्पद भएको भन्दै उनी बिस्तारै हराउँदै गए ।

३. स्वप्निल अस्नोडकर


आईपीएलको पहिलो सिजन राजस्थान रोयल्सबाट खेलेका स्वप्निल अस्नोडकरले ९ खेलमा ३४ को औसत र १३४ को स्ट्राइक रेटमा ३११ रन बनाएका थिए । टोलीलाई जित दिलाउन उनको महत्वपूर्ण योगदान थियो । अस्नोडकरले सन् २०११ मा राजस्थानका लागि आफ्नो अन्तिम खेल खेलेका थिए र उनी आइपीएलमा फेरि कहिल्यै देखिएनन् । स्वप्निलले २०१८ मा सन्यास लिए र अर्को वर्ष गोवा अन्डर–२३ को प्रशिक्षक बने ।

४. शिभिल कौशिक​


गुजरात लायन्सले शिभिल कौशिकलाई आइपिएल २०१६ मा समावेश गरेको थियो । शिभिल एक चाइनाम्यान बलर थिए र उनको एक्सन एकदमै अनौठो थियो । उनको बलिङ एक्सन दक्षिण अफ्रिकाका पल एडम्सको जस्तै थियो । उनले आईपीएलमा दुई सिजन खेले र त्यसपछि गायब भए ।

५. परविन्दर अवाना


परविन्दर अवाना आईपीएलमा पञ्जाब किंग्सबाट खेलेका थिए र उनको उत्कृष्ट प्रदर्शनका कारण उनले भारतीय टोलीमा स्थान पाएका थिए । तर दुई टी–२० अन्तर्राष्ट्रिय खेलेका अवानाले कुनै विकेट लिन सकेनन् । यद्यपि उनले आईपीएलमा ३३ खेल खेलेका छन् । अवानाले २०१८ मा सन्यास लिएका थिए ।