१२ श्रावण २०८३, मंगलवार
,
Latest
उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुर्तेल र जोराको अर्धशतकमा नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । हङकङमा जारी टी–२० सिरिजमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई १९९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १९८ रन जोड्यो ।

नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकीय पारी खेले । ३९ बल खेलेका भुर्तेलले ४ चौका र ४ छक्का हिर्काउँदै ५९ रन जोडे । यस्तै, जोराले २६ बलमा ३ चौका र ४ छक्काको हिर्काउँदै ५६ रन जोडे ।

बिनोद भण्डारीले २७ र लोकेश बमले १४ रन जोड्दा गुलशन झा १५ र विवेक यादव १९ रनमा अविजित रहे । ४ बलमात्र खेलेका यादवले ३ छक्का हिर्काए ।

बलिङतर्फ पीएनजीका आशाद भालाले दुई तथा नोसैना पोकाना, जोन कारिको र नोर्मान भनुआले एक–एक विकेट लिए ।