२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुर्तेल र जोराको अर्धशतकमा नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । हङकङमा जारी टी–२० सिरिजमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई १९९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १९८ रन जोड्यो ।

नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकीय पारी खेले । ३९ बल खेलेका भुर्तेलले ४ चौका र ४ छक्का हिर्काउँदै ५९ रन जोडे । यस्तै, जोराले २६ बलमा ३ चौका र ४ छक्काको हिर्काउँदै ५६ रन जोडे ।

बिनोद भण्डारीले २७ र लोकेश बमले १४ रन जोड्दा गुलशन झा १५ र विवेक यादव १९ रनमा अविजित रहे । ४ बलमात्र खेलेका यादवले ३ छक्का हिर्काए ।

बलिङतर्फ पीएनजीका आशाद भालाले दुई तथा नोसैना पोकाना, जोन कारिको र नोर्मान भनुआले एक–एक विकेट लिए ।