२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

चार पर्यटनस्थल आयोजनाका लागि छनोट

चार पर्यटनस्थल आयोजनाका लागि छनोट
अ अ+ अ-

बाँके । पर्यटन पूर्वाधार तथा पर्यटकीय सम्पदाको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले देशभरबाट २०० गन्तव्यस्थल छानिएकामध्ये बर्दियाबाट चार स्थल छनोट भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना र आयोजना छनोट गरेको हो ।  

बर्दियाबाट छनोट भएका चार आयोजनामा बढैयाताल गाउँपालिका–५ मा रहेको बढैयातालको पूर्वाधार विकास, गेरुवा गाउँपालिकाको शहीद स्मृतिपार्क, ठाकुरबाबाको बलाती जैविक मार्ग पार्क र राजापुरको कोठीयाघाट वनभोज स्थल रहेका छन् । बढैयातालको पूर्वाधार विकास निमार्णका लागि अनुमानित लागत रु पाँच करोड रहेको छ । निमार्णका लागि मन्त्रालयले रु तीन करोड ५० लाख सहयोग गर्नेछ भने बढैयाताल गाउँपालिकाको रु एक करोड ५० लाख लगानी रहेको छ । 

शहीद स्मृतिपार्क निमार्णका लागि पनि अनुमानित लागत रु पाँच करोडमध्ये मन्त्रालयले रु तीन करोड ५० लाख र गेरुवा गाउँपालिकाको रु एक करोड ५० लाख लगानी रहने छ । यस्तै ठाकुरबाबाको बलाती जैविक पार्क निमार्णका लागि अनुमानित लागत रु सात करोड रहेकामा मन्त्रालयले रु चार करोड ५५ लाख र ठाकुरबाबा नगरपालिकाको रु दुई करोड ४५ लाख लगानी रहने छ । 

राजापुरको कोठीयाघाट वनभोज स्थल निर्माणका लागि अनुमानित लागत रु छ करोड ८९ लाख रहेको छ । यसको निमार्णका लागि मन्त्रालयले रु चार करोड ४८ लाख सहयोग गर्नेछ भने राजापुरको नगरपालिकाको रु दुई करोड ४८ लाख लगानी रहेको छ । 

मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना र आयोजना  छनोट भएका छन् । मन्त्रालयले गरेको प्रस्ताव आह्वानको आधारमा ७१३ वटा प्रस्ताव परेकामध्ये देशभरबाट २०० गन्तव्य छनोट भएका छन् ।

सरकारले छनोट गरेका धेरैजसो आयोजनामा पार्क, वनभोज स्थल, मन्दिर, पर्यटकीय स्थलसम्म पुग्ने सडक तथा पदमार्ग, व्यापारिक मल, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलागयत रहेका छन् । 

सामुदायिक सुरक्षा साइरन जडान 

समुदायमा हुने विभिन्न आपराधिक घटनामा कमी ल्याई शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिका–१८ बुद्धनगर टोलमा सामुदायिक सुरक्षा साइरन तथा सिसिटिभी जडान गरिएको छ । बुद्धनगर टोल सुधार समितिमा आवद्ध ३५ वटा घरबाट रु दुई हजारका दरले रकम सङ्कलन गरी जडान गरिएको कम्युनिटी सेक्युरिटी साइरन एण्ड सिसिटिभीको हालै उद्घाटन गरिएको छ । यो प्रविधिको प्रयोगले टोल समुदायमा हुने चोरी, डकैती, लुटपाट, लागुऔषधलगायत अन्य अपराध नियन्त्रणमा सघाउ पुग्ने विश्वास नेपालगञ्ज उपमहानगरकी उपप्रमुख उमा थापामगर, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाँग र प्रहरी प्रमुख ओमजङ्ग राणाले व्यक्त गर्नुभयो । 

टोलमा कुनै पनि समस्या आइपरेमा मोबाइलबाटै दिइएको कोड थिचेर टोलवासीले आफैँ साइरन बजाउन सक्नेछन् । साइरनको आवाज सुनेपछि र मोबाइलमा म्यासेज हेरेर सम्बन्धित व्यक्तिको घरमा पुगी समस्या समाधान गर्ने विश्वास टोल सुधार समितिका अध्यक्ष राजेश केशर खनालको छ । प्रविधिको प्रयोगले अपराध नियन्त्रणमा सहज हुने भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरी यो अभियानलाई बढावा दिने जनाएको छ ।