३ पुष २०८२, बिहीबार
,
Latest
एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार कोरोना संक्रमितको संख्या १०५ जना थप्यो



अ+ अ-

काठमाडौं । मंगलबार नेपालमा थप १०५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३२६० जनाको गरिएको पीसीआर परीक्षणमा १०५ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ९९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६९ हजार ३ सय ३ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट गत २४ घण्टामा मृत्यु शुन्य रहेको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या भने २०५५ रहेको छ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा ४७ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ३७, भक्तपुरमा ४ र ललितपुरमा ६ जना संक्रमित थपिएका छन् ।  ।