३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३४ हजार सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३४ हजार सङ्क्रमित
अ+ अ-

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३४ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३४ हजार २८१ जना सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यसैसँगै भारतमा चार करोड १० लाख ९२ हजार ५२२ जना कोरोनाका कुल सङ्क्रमित भएका समाचारमा जनाइएको छ ।   

सोही अवधिमा कोरोना  सङ्क्रमणका कारण भारतमा ८९३ जनाको मृत्यु भएको सो मन्त्रालयले आइतबार जनाएको छ । अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ९४ हजार ९१ जनाको कोरोनाभाइरस सङ्क्रमणका  कारण मृत्यु भएको छ ।  

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा निरन्तर कमी आइरहेको छ । केही दिन दिन प्रतिदिन बढ्दै गएकोमा अहिले घट्दै आएको जनाइएको छ ।  मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामा रहेकाहरुको सङ्ख्या पनि घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुका अनुसार भारतमा शनिबार १८ लाख ८४ हजार ३३३ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितको यो संख्या कुल सङ्क्रमितको ४।५९ प्रतिशत भएको जनाइएको छ । 

दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले पनि अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो । भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ५२ हजार ७८४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाख भन्दा बढी रहेको छ   । 

भारतमा पछिल्लो एक दिनमा १६ लाख १५ हजार ९९३ जनाको कोरोना परीक्षण गरिएको थियो । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म भारतमा एक अर्ब ६५ करोड ७० लाख भन्दा बढी डोज खोप लगाइएको छ । (रासस/एएनआई)